
राजेशचन्द्र राजभण्डारी
बागलुङ, २९ भदौ ।
गण्डकी प्रदेश कै धार्मिक पर्यटकीय गन्तव्य श्री सर्वसिद्धीधाम पञ्चकोटको समितिको सर्बोच्च बिकासको लागि पुर्वराज्यमन्त्री रामजी प्रसाद शर्मालाई महासचिवको जिम्मेवारी तोकिएको छ ।
पञ्चकोट बिराट श्रीसभाको मुख्य कार्यक्रममा पञ्चकोट सर्वसिद्धिधामका प्रमुख मुक्तिनाथ बाबा कमलनयनाचार्यले पुर्व राज्यमन्त्री शर्मालाई उक्त जिम्मेवारी दिदै तनमन दिएर जोश र जाँगर साथ यसको बिकासको लागि लागिपर्न अनुरोध समेत गरेका थिए ।
मालीकामा ऐतिहासिक रूपमा खेलिने ठेलो खेलबाट आफु प्रभावित भएको यहाँ सुबिधा सम्पन्न खेल मैदान बनाउन आफुपनि लागि पर्ने मुक्तिनाथ बाबाले बताए ।
बागलुङ नगरपालिकाले उक्त खेलकुद मैदानको लागि ५ लाख सहयोग गर्ने नगरप्रमुख जनकराज पौडेलले प्रतिबद्धता जाहेर गरेका थिए ।
बागलुङको पन्चकोट लाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले १०८ फिट अग्लो बिश्व शान्ति गण्डकी कलश ५५५५ केजीको महा घण्ट बनाउन समिति सक्रिय भएर लागि परेको छ ।










