जनप्रतिनिधिलाई प्रश्नः काठेखोला–७ रेश जाने पुल कहिले बन्छ ?

बागलुङ, २९ भदौ ।
जनतासँग जनप्रतिनिधि कार्यक्रम बागलुङको काठेखोला गाउँपालिका ७ रेशमा बुधवार सम्पन्न भएको छ ।
काठेखोला गाउँपालिका ७ का स्थानियले जनतासँग जनप्रतिनिधि कार्यक्रममा गाउँपालिका ७ रेश जोड्ने खोलामा पक्की पुल निर्माणको माग गरेका छन् ।


गाउँपालिका तथा सदरमुकाम जाँदा सिधा यातायातका लागि खोलामा पक्की पुल नहुदा समस्या भएकाले पक्की पुल चाडैँ निर्माण गर्न माग गरेका हुुन् ।
कार्यक्रममा स्थानिय युुवाहरुले रेशलाई थप खेलकुदको क्षेत्रमा विकाश गर्न उपयुुक्त खेलमैदान निर्माण गरी खेलक्षेत्रको विकाशमा सवै लागि पर्न ध्यानार्कषण गरेका थिए । काठेखोला गाउँपालिका ७ रेशमा उत्पादित वस्तुलाई बजार व्यवस्थापन र कृषिलाई आधुनिकरण गर्नुुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा स्थानियले जनतासँग प्रतिनिधिले जनतासँग चुुनावमा गरेका बाचा अनुसार काम गर्दै आएपनि थप विकाशका लागि विकास पुर्वाधारहरु शिक्षा, स्वास्थ्य, सडक, खानेपानीको विकाशमा अझै लागि पर्न आग्रह गरिएको थियो ।
कार्यक्रम गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले केन्द्रिय सरकारले आवश्यक बजेट विनियोजित गरी टेण्डर प्रक्रिया अगाडी बढेकाले छिटै पुल बन्ने बताउनुभएको थियो ।


सांसद सापकोटाले रेशलाई खेलकुदको विकासका लागि खेलमैदानका लागि आवश्यक बजेट आएको रेशमा प्रधानमन्त्री कृषि आधुनिकरण आयोजना परेकाले छिटै कृषि आधुनिकरणमा एक व्यक्ति एक उत्पादन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बागलुङ नगर सचिव ज्ञामनाथ गैरे , नेकपाका नेता हिरा के.शी, काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा र वडा अध्यक्ष प्रेम लामिछाने लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी काठेखोलाका गाउँ कमिटीका अध्यक्ष दिलबहादुर कार्कीको अध्यक्षता, हरि कुवरको स्वागत र सचिव कृष्ण थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here