काठेखोलामा क्षत्री समाज गठन

बागलुङ, २९ भदौ ।
काठेखोला गाउँपालिकामा मान बहादुर भण्डारीको अध्यक्षतामा २१ सदस्य काठेखोला क्षेत्री समाज गठन गरिएको छ ।
शनिबार काठेखोला गाउँपालिकाका ८ ओटै वडाका क्षेत्रीहरुको भेलाले समाजको बरिष्ठ उपाध्यक्षमा मान बहादुर के.सी., महिला उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा बद्री बहादुर भण्डारी, सहसचिवमा चित्रबहादुर कार्की, कोषाध्यक्षमा सिता खड्का रहनुभएको छ ।
यस्तै सदस्यहरुमा मञ्जु खड्का, दान बहादुर खड्का, भिम बहादुर खड्का, हरि बहादुर भण्डारी, चित्र बहादुर के.सी., गंगा के.सी., तिलक भण्डारी, रिता थापा क्षेत्री, ध्रुव के.सी., विष्णु क्षेत्री, नारायण खत्री, नन्दकुमारी कंडेल क्षेत्री, प्रतिभा कंडेल क्षेत्री, हरि कार्की र दिलबहादुर कार्की रहनुभएको छ ।
यस्तै सुमित्रा खड्काको संयोजकत्वमा ५ सदस्य महिला समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा नानुमाया के.सी., कमला भण्डारी, जमुना सापकोटा र नन्द कुमारी कंडेल क्षेत्री रहनुभएको छ । भेलाले हिरा भण्डारीको संयोजकत्वमा ४ सदस्य भू.पू. सैनिक समिति गठन गरेको छ । समितिको सदस्यमा सुजन के.सी., राम बहादुर खड्का, हिरा सापकोटा रहनुभएको छ । यस्तै राम बहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्य युवा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा विष्णु खड्का, दिपक खाती, कुल बहादुर क्षेत्री र शर्मिला कंडेल क्षेत्री रहनुभएको छ ।
भेलाको उद्घाटन समारोहमा क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले क्षेत्रीहरुको हक र अधिकारको लागि सवै क्षेत्रीहरु एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । उक्त अवसरमा क्षेत्री समाज बागलुङका बरिष्ठ उपाध्यक्ष तेजबहादुर खत्री, सहसचिव गीता खड्का, रामु भण्डारी, नइन्द्र भण्डारी र गोविन्द खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काठेखोला गाउँपालिकाका तदर्थ समितिका संयोजक मानबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मानबहादुर केसी र संचालन बदी भण्डारीले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here