प्रथम गुराँस कप फुटसलः पहिलो चरणका खेल सकिए

अर्जुन कार्की
बागलुङ, २७ भदौ ।
प्रथम गुराँस कप फुटसल अन्तरगत शुक्रबार पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।
गुराँस शिक्षा सदनको आयोजनामा शुक्रबार (आज)देखि सुरु भएको शिक्षकहरु विचको फुटसल प्रतियोगिताको पहिलो चरणको खेलमा आयोजक गुराँस शिक्षा सदन, गरिमा मावि, अमर आदर्श मावि, आदर्श विद्या मन्दिर, कालिगण्डकी मावि र यू.एस. एकेडेमी विजयी भएका छन् ।
उद्घाटन खेलमा गुराँस शिक्षा सदनले रुद्रेपिपल माविलाई १२–१ गोलअन्तरले पराजित गरेको छ । यस्तै दोस्रो खेलमा गरिमा माविले चिल्ड्रेन लाईफ बोर्डिङ स्कुललाई पेनाल्टी सुटआउटमा २–१ गेलअन्तरले पराजित गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा चिल्ड्रेन लाइफले अग्रता लिएपनि जोगाउन नसक्दा पेनाल्टी सुटआउटमा पराजित भएको हो । दुवै टिमबाट निर्धारित समयमा ३–३ गोल भएका थिए ।
यस्तै अमर आदर्श माविले कालिका कन्या माविलाई १२–१ गोलअन्तरले पराजित गरेको छ ।


यस्तै आजै भएको अर्को खेलमा आदर्श विद्यामन्दिरले न्यू ओयसिस एकेडेमीलाई ४–१ गोलअन्तर र यू.एस. एकेडेमीले सिदार्थ शिक्षा सदनलाई ४–१ गोलअन्तरले पराजित गरेको छ ।
यस्तै आजै भएको कालिगण्डकी मावि र धौलागिरी ईङ्लिस बोर्डिङ स्कुल विचको खेलमा कालिगण्डकी माविले पेनाल्टी सुटआउटमा २–१ गोलअन्तरले पराजित गरेको छ । खेलअवधिभर दुवै टिमबाट कुनै गोल नभएपछि टाईब्रेकरबाट विजेता चुनिएको थियो ।
प्रतियोगिता अन्तरगत भोली (शनिबार) पहिलो खेल गुराँस शिक्षा सदन विरुद्ध कालिगण्डकी मावि, दोस्रो खेल यु.एस. एकेडेमी विरुद्ध गरिमा मावि र तेस्रो खेल अमर आदर्श मावि विरुद्ध आदर्श विद्यामन्दिर विच हुने गुराँस शिक्षा सदनका प्रिन्सिपल निशान खड्काले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले गरेका थिए ।
गुराँस कपमा प्रथम हुनेलाई ११ हजार १ सय ११, द्धितिय ५ हजार ५ सय ५५ सहित नगद मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्तालाई एक हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल भोली नै हुने आयोजकले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here