बागलुङ, २७ भदौ ।
बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा हेलीप्याड निर्माण थालिएको छ ।
वडा कार्यालयले आर्थिक वर्ष २०७६/७७ को योजना अनुसार रेशको रायपास र झाक्रीस्थानमा दुईवटा हेलीप्याड निर्माण थालिएको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुयभो ।
करिव ५ लाखको लागतमा ३० वाई ३० मिटर र ५० वाई ६० मिटरको दुई वटा हेलीप्याड निर्माण अगाडी बढेको हो । हेलीप्याड निर्माण पछि आकस्मिक विरामी पर्दा विरामीलाई सहज हुुनेछ ।
वडामा रहेको सरकारी जग्गामा निर्माण थालिएको हेलिप्याडमा काठेखोला गाउँपालिकाले प्राविधिक सहयोग गरेको छ ।










