भकुण्डे जाने सडक कहिले सुधारिएला ?

बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप्रतिनिधिलाई सोधे ः सजिलो स्थानमा ८ मिटर र अप्ठ्यारोमा २ मिटर सडक बनाएर के गर्न खोजेको हो ?
उनीहरुले सडकसँगै खानेपानीको समस्या तत्काल समाधान गर्न माग गरेका थिए । पर्यटकीय गाउँमा न बाटो राम्रो न खानेपानी सुविधा कसरी हुन्छ पर्यटन विकास ।’ यहाँका स्थानियले कहिलेसम्म घैटामा पानी सङ्कलन गरेर पानी प्रयोग गर्दै आएका छन् ।


स्थानियले स्वास्थ्य भवन नै अलपत्र परेको विषयमा समेत सचेत गराएका थिए । उनीहरुले एक घर एक धारा कहाँ हरायो भने कटाक्ष गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले भकुुण्डेमा खानेपानीको समस्या अन्त्यका लागि प्रदेशदेखि ५० लाख रुपैयाँ विनियोजित भएकाले अव खानेपानीको समस्य अन्त्य हुने दावी गर्नुभयो ।


यसैविच बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले स्रोत साधनको अभावले गर्दा सडक स्तर उन्नतीमा ढिला सुुस्ती भएको र नगरपालिका भित्रका पुर्वाधारमा विकासमा स्थानियको सहभागितामा अनुगमन समेत गर्ने जानकारी दिनुभएको थियो ।

कार्यक्रम वडा अध्यक्ष प्रेमबहादुर थापा, संविधान सभाका सांसद नरबहादुर थापा, नेकपाका नेता लालबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव हरिराम अधिकारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम नेकपा बागलुङ नगरका अध्यक्ष धनबहादुर परियारले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटिका अध्यक्ष खिमबहादुर थापाको अध्यक्षता र नगरसचिव इन्द्र के.शीको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here