
बागलुङ, २६ भदौ
गुराँस शिक्षा सदन बागलुङले आयोजना गरेको प्रथम गुराँस कप फुटसल प्रतियोगिता भोली (शुक्रबार)देखि सुरु हुँदैछ ।
सदनले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको टाई सेट सार्वजनिक गरेको छ ।
जिल्लामा पहिलो पटक शिक्षकहरु विच हुन लागेको फुटसल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गुराँस शिक्षा सदन र रुद्रेपिपल मावि भिड्ने भएका छन् ।
यस्तै भोली नै पहिलो चरणका अन्य खेलहरु गरिमा मावि विरुद्ध चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल, कालिका कन्या मावि विरुद्ध अमर आदर्श बोर्डिङ स्कुल, आदर्श विद्यामन्दिर विरुद्ध न्यू ओयसिस एकेडेमी, कालिगण्डकी बोर्डिङ स्कुल विरुद्ध धौलागिरी ईङ्लिस बोर्डिङ स्कुल र यू.एस एकेडेमी स्कुल विरुद्ध सिदार्थ शिक्षा सदन विच हुनेछन् ।
गुराँस कपमा प्रथम हुनेलाई ११ हजार १ सय ११, द्धितिय ५ हजार ५ सय ५५ सहित नगद मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्तालाई एक हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
बागलुङ बजारका सामुदायिक र निजी विद्यालय गरी १२ विद्यालयको सहभागिता हुने प्रिन्सिपल खड्काले जानकारी दिए । प्रतियोगिता २८ गते शनिबार सम्पन्न हुने छ ।











