
बागलुङ, २६ भदौ ।
विकासका काम गर्दा ऐतिहासिका संरचनाको संरक्षण हुनुपर्ने बागलुङ्गको काठेखोला गाउंपालिका– ६ बिहुंका स्थानियले माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ने.क.पा ले आयोजना गरेको जनतासंग जनप्रतिनिधी कार्यक्रमा बोल्ने सहभागिले गाउँपलिका भित्र बिद्युत व्यवस्थापन सुबिधा सम्पन्न बिद्यालय सर्वशुलभ प्राबिधिक उच्च शिक्षा खानेपानि गोरेटो बाटो निर्माण सुरक्षित घरबास लगायत कामलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।
स्थानियले वडा नम्वर ६ लाई गाउँपालिकासंग जोड्न भिमपोखरा–पाला– रेस लेखानी क्षेत्रमा पक्की पुल निर्माण गर्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै संघिय सांसद डा. सुर्य पाठकले बिकास निर्माणका योजनामा पहिलो प्राथमिकता काठेखोला गाउंपालिकालाई दिने बताउनुभयो ।
उहांले बिकास निर्माणका कामगर्दा जनताको सुरक्षाको बिषयमा संबेदनशिलबन्नुपर्नेमाजोड दिनुभयो ।जनताका समस्यालाई आफुले आफ्ना निजी समस्याको रुपमालिएको चर्चा गर्दै संघिय सांसद पाठकले सिमित साधन र श्रोत बाट अधिकाशं योजनामा लगानी गर्न कठिनाई उत्पन्न हुने धारणा ब्यक्त गर्नुभयो ।

काठखोला गाउंपालिका अध्यक्ष अमर बहादुर थापाले जनताको हित र बिकास निर्माणका काममा आफुको सदैव साथ रहने बताउनुभयो । आफु निर्वाचित भएर आएपछि जनताका समस्यासंग हरदम नजिक रहदै आएको उल्लेख गर्दै अध्यक्ष थापाले यावत समस्यालाई क्रमिक रुपमा पुरा गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटि सदस्य एबं जिल्ला सचिव ज्ञामनाथ गैरे अनिल, प्रदेश कमिटि सदस्य हिरा बहादुर केसीले मन्तव्य व्यक्त गर्दै आर्थिक सम्मृद्धि र दिगो बिकासका लागि वर्तमान सरकार लागि परेको दाबी गर्नुभयो ।
वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेलले वडाको योजना सार्वजनिक गर्दै आफुले बिकास निर्माणका हरेक योजना लागु गर्दा जनताको समर्थन र सहकार्यमा अगाडी बढेको दाबी गर्नुभयो ।
कार्यक्रममा नेकपा काठेखोला गाउंपालिकाका अध्यक्ष दिल बहादुर कार्की र नेकपा वडा नम्वर ६ का अध्यक्ष थानेश्वर कंडेलले पार्टीका बेग्लाबेग्लै प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम नेकपा काठेखोला गाउंपालिकाका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षता, जिल्ला कमिटि सदस्य लक्ष्मी खड्का रोकाको स्वागत मन्तब्य र गाउंपालिकाका सचिव कृष्ण थापाको संचालनमा सम्पन्न भएको थियो ।
यसैबिच नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा नम्वर ६ ले आफ्नै पार्टी कार्यालय स्थापना गरेको छ । वडा नम्वर ६ ईनारपानिमा स्थापना गरिएको कार्यालयको संघिय सांसद डा. सुर्य पाठकले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै उहांले पार्टीक गतिबीधि लाई अगाडी बढाउनका लागि पार्टी स्थापनाले महत्पुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष थानेश्वर कंडेलको अध्यक्षता र वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो










