जनताको प्रश्नः खानेपानी र विजुली सुविधा कहिले पाउने ?

बागलुङ, २३ भदौ ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका स्थानीय वडाभित्र खानेपानी र बिजुली सेवाबाट आजित भएको गुनासो गरेका छन् ।
नेकपा काठेखोला गाउँपालिकाले संचालन गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमका सहभागीले आफ्ना प्रतिनिधिसँग वडाका सबै वस्तीमा स्वच्छ र सुविधायुक्त तरिकाले खानेपानी सेवा विस्तार गर्न माग गरेका हुन ।
सबै नागरिकको घरमा धारा पु¥याउनु पर्छ स्थानीय इश्वर श्रेष्ठले भन्नुभयो–‘विकास निर्माणको काममा जनताको सहभागीताले मात्रा दिगो र पारदर्शि विकास सम्भव छ ।’ श्रेष्ठले साविकको धम्जा ४, ५, ६ र ७ वडामा खानेपानी, तथा बिजुलीको समस्या रहेको उल्लेख गर्नुभयो ।


स्थानीयले सडकको गुणस्तर, सामुदायिक विद्यालयको दयानिय अवस्था लगायतका विषयमा जनप्रतिनिधिसँग गुनासो राखेका थिए । कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश कमिटी सदस्य हिराबहादुर केसीले वडाका समस्यालाई तत्कालिन र दीर्घकालिन योजना बनाएर समाधान खोज्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद डा. सूर्य पाठकले समाजलाई नैतिकवान र जिम्मेवार नागरिक बनाउनु वर्तमानको प्रमुख समस्या भएको उल्लेख गर्नुभयो । ‘हाम्रा मानसिकता भावनामा बहकिदै छन् उहाँले भन्नुभयो–नीति, नियम र प्रक्रियालाई बलमिचाईले मार्न सकिदैन ।
स्थानीयको गुनासोलाई सम्बोधन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले खानेपानी, सडक र बिजुलीका समस्यालाई गाउँपालिकाले क्रमश समाधान गर्दै जाने बताउनुभयो ।
कार्यक्रम नेकपा काठेखोला गाउँपालिका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, खिमबहादुर छन्त्यालको स्वागत र कृष्ण थापाको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here