
बागलुङ, २२ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाउँपालिकाले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सुरु गरेको छ ।
स्थानीय जनताका वास्तविक समस्या पहिचान गरी उनीहरुका गुनासो सम्बोधन गर्ने उद्देश्यका साथ काठेखोला गाउँपालिका–१ पालादेखि अभियानको सुरुवात गरिएको हो ।

काठेखोला गाउँपालिका १ पाला र २ भीमापोखरामा भएको कार्यक्रममा बोल्ने स्थानीयले विकास निर्माणको काममा जनप्रतिनिधिले सहकार्य नगरेको गुनासो गरेका थिए । पालामा भएको कार्यक्रममा बोल्दै वडा सदस्य भूमिराज खत्रीले वडाध्यक्षले कुनै पनि कामको जानकारी नदिईन् एकलौटी ढंगले काम गरेको गुनासो गर्नुभयो ।
‘वडाध्यक्षले हामीसँगै कुनै सरसल्लाह गर्नु हुन्न उहाँले भन्नुभयो–‘वडा सदस्यको कुनै भूमिका रहेन, एकलौटी चलेर कहाँ पुगिन्छ । अन्य सहभागीले वडामा हुने विकास निर्माणको काममा खरिद ऐन अनुसार नभएको गुनासो गरेका थिए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई स्थानीय भीमबहादुर विकले दलित समुदायले उत्पादन गरेको दुध विक्री गर्ने ठाउँ नहुँदा समस्या भएको बताउनुभयो । ‘दलितले उत्पादन गरेको दुध कहाँ बेच्ने हो’ उहाँले भन्नुभयो–‘सहकारीले समेत दुध नलिए पछि कसरी भित्रन्छ हाम्रो घरमा पैसा ।’

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा संसाद डा. सूर्य पाठकले जनताका उठाएका समस्यालाई तत्कालिन र दीर्घकालिन योजना बनाएर समाधान गर्ने बताउनुभयो । उहाँले भ्रष्टचारीहरु पक्रने क्रम बढ्को बताउँदै भ्रष्टचारमा संलग्नलाई सामाजिक बहिष्कार गर्नूपर्ने बताउनुभयो ।
काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जनप्रतिनिधि र जनताको सहभागीता र सहकार्यबाटै विकास निर्माणका काम दीगो, गुणस्तरीय र पारदर्शी बनाउन सकिने उल्लेख गर्नूभयो । ‘हामी समानुपातिक विकासको कामलाई जोड दिएका छौँ उहाँले भन्नुभयो–‘विकास र न्यायमा कसैलाई पक्षपात हुँदैन ।’

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी बागलुङका अध्यक्ष तथा सांसद इन्द्रलाल सापकोटाले जनप्रतिनिधि जनताप्रति उत्तरदायि र जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो लडाई जनताको जीवन स्तर सुधारको लागि हुनुपर्छ उहाँले भन्नुभयो–‘जनतालाई निसार बनाउने जनप्रतिनिधि हुनै सक्दैन ।’
उता, भीमापोखरामा भएका कार्यक्रममा बोल्ने स्थानीयले निर्वाचनताका भीमापोखरालाई पर्यटक क्षेत्रको रुपमा विकास गर्ने घोषण अलिपत्र परेको गुनासो गरे । स्थानीय चन्द्रमणी उपाध्याले पर्यटन विकासको कामलाई तत्काल अगाडी बढाउन आग्रह गर्नूभएको थियो ।
भीमापोखरामा भएको विकास निर्माण र सेवा प्रवाहको बारेमा वडाध्यक्ष विद्यापति शर्मा र पार्टी संगठनको बारेमा नेकपाका वडाध्यक्ष रामप्रसाद शर्माले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी बागलुङ अध्यक्ष तथा सांसद इन्द्रलाल सापकोटा, सांसद सूर्य पाठक, काठेखोला गाउँपालिका अध्यक्ष अरमबहादुर थापा नेकपा प्रदेश कमिटीका सदस्य हिराबहादुर केसी, नेकपा जिल्ला कमिटी सचिव ज्ञामनाथ गैरे लगायतले सवालको जवाफ दिनुभएको थियो ।
कार्यक्रम नेकपा काठेखोला गाउँपालिका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, नारायणदक्त रेग्मीको स्वागत र कृष्ण थापाको संचालनमा सम्पन्न भएको खिमबहादुर कार्कीले जानकारी दिनुभयो ।










