काठेखोला गाउंपालिका ६ मा सभाहल निर्माण

बागलुङ, २२ भदौ ।
बागलुङको काठेखोला गाउंपालिका– ६ बिहँुमा वडा सभाहल निर्माण भएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा सभाहलको निर्माण गरिएको हो । सभाहलको शुक्रबार गण्डकी प्रदेश सभाका सांसद ईन्द्रलाल सापकोटाले उद्घाटन गर्नूभयो ।
उद्घाटन पछि बोल्दै सांसद सापकोटाले बिकास निर्माणका काममा सबैसँग साझेदारी हुनुपर्ने बताउनुभयो । उहांले देश बदल्नका लागि जनताको जनजीवन बदलिन आवश्यक रहेकोमा जोड दिनुभयो  ।
पछिल्लो समय जनताको राजनितिक दल प्रति विश्वास कम हुदै गएको छ, प्रदेश सांसद साप्कोटाले भन्नुभयो–यसको समाधानका लागि सरकार र जनप्रतिनिधीले आम नागरिक प्रति जिम्मेवार र जवाफदेही बन्नुपर्दछ ।
काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापाले गाउँपालिकाका बिकास र सम्मृद्धिका लागि आफ्नो तर्फबाट सक्दो प्रयत्न गरिरहेको बताउनुभयो । उहांले बिकास निर्माणका काममा पक्ष र बिपक्ष हुन नहुने चर्चा गर्दै गाउंपालिकाका गतिबिधी प्रति सबैको स्वस्थ आलोचना हुनुपर्नेमा जोड दिनुभयो ।
करिब २ सय ५० जना क्षमताको सो सभा भवन निर्माणका गर्न ३३ लाख ९ हजार ८ सय ३४ रुपैयामा खर्च भएको वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिनुभयो । यो सभाहल निर्माणका लागि काठेखोला गाउंपालिका ६ निवासी हरिश्चन्द्र कंडेलले जग्गा निशुल्क उपलब्ध गराउनुभएको थियो । सो भवन प्रयोग गर्नेले साना बैठकका लागि ५ सय र मञ्च सहित प्रयोग हुने अन्य कार्यक्रमका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
कार्यक्रममा जिल्ला सहकारी सघं बागलुङ्गका अध्यक्ष दिपक गौतम, ने.क.पा काठेखोला गाउंपालिकाका अध्यक्ष डिल बहादुर कार्कि, नेपाली कांग्रेसका सभापति ज्ञामनाथ कंडेल रा.प्र.पा का प्रतिनिधी देबी प्रसाद कंडेल नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपीला कंडेल, भिमसेन क्याम्पसका प्रमुख बालकृष्ण कंडेल सामुहिक वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष बृहस्पति कंडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेलको अध्यक्षता वडा सदस्य लिलाधर ढुङ्गानाको स्वागत मन्तब्य र प्रगतिशिल सहकारी संस्थाका संचालक धनपति कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here