पत्रकार हमाललाई रिहाईको माग गर्दैै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

बागलुङ, १८ भदौ ।
नेपाल पत्रकार महासंघ बागलुङले पोखराका पत्रकार ओम हमालको विना सर्त तत्काल रिहाईको माग गरेको छ ।
सर्वोच्च अदालतको आदेशमा मंगलबार रिहा भएका पत्रकार ओम हमाललाई सोही दिन पुनः अदालतको गेटबाटै पक्राउ गरिएको घटनाप्रति गम्भिर ध्यानकर्षण भएको बताउँदै महासंघले रिहाईको माग गरेको हो ।
पत्रकार पक्राउको विरोधमा महासंघ जिल्ला शाखा बागलुङले बुधबार प्रधानमन्त्री र गृहमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत ज्ञापन पत्र बुझाएको छ ।
पोखरा निवासी हमाल नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं जनसञ्चार डटकम अनलाइनका सम्पादक हुन् ।
विप्लव समूहको कार्यकर्ता भएको आरोपमा प्रहरीले गत ६ भदौमा उहाँलाई कास्कीको शिशुवाबाट पक्राउ गरेको थियो । पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले बागलुङका प्रमुख जिल्ला लुकबहादुर क्षेत्रलाई ज्ञापन पत्र हस्तान्तरण गरे ।
ज्ञापन पत्रको साथमा महासंघका अध्यक्ष शिरीषले प्रधानमन्त्रीलाई संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रतालाई कायम राख्न ध्यानकर्षण गर्दै संकेतिक विरोध स्वरुप एक थान संविधान प्रदान हस्तान्तरण गरेका थिए ।
हमालको रिहाइको माग गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रीटमाथि सुनुवाई गर्दै सर्वाेच्चका न्यायाधीशहरु केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here