धिमीमा तिज मेला, दोस्रो दिन प्रावि स्तरिय हाजिरीजवाफ

जनसेवा युवा क्लब पाला धिमीले आयोजना गरेको तिजी मेला–२०७६ को दोस्रो दिन प्रावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका ७ विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामा तितौरे मावि प्रथम, जनकल्याण मावि पाला द्धितिय र विश्वकर्मा मावि कालिमाटी तृतीय भएका छन् ।


क्लबका अध्यक्ष मनिराज रोकाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममो संचालन रन बहादुर थापा र दिल रानाले गरेका थिएभने कार्यक्रममा मानबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मेलामा आईतबारदेखि भलिबल प्रतियोगिताका खेलहरु सुरु हुने आयोजकले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here