
बागलुङ, १३ भदौ ।
म्याग्दीमा जारी प्रथम अन्तर माविस्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगितामा बागलुङको अमर आदर्श मावि सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्यू दोभान युथ क्लबले आयोजना गरेको प्रतियोगितामा शुक्रबार भएको क्वाटरफाइनल खेलमा अमर आदर्शले बुद्ध एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा रश्मिन रानाले गरेको गोल नै खेलको निर्णय बन्दा अमर सेमिफाइनलमा प्रवेश गरेको हो । रश्मिनले खेलको ४५ औं मिनेटमा गोल गरेकी थिइन् ।
अमर आदर्शले फाइनल प्रवेशको लागि भोली शनिबार म्याग्दीको म्याग्दी क्याम्पससँग प्रतिस्पर्धा गर्नेछ ।
क्लवका स्वर्गीय अध्यक्ष अनन्त गिरीको स्मृतिमा सञ्चालित प्रतियोगिताको फाइनल भोली शनिबार हुने क्लवका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुने समुहलाई ३० हजार नगद, उपविजेतालाई २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र सहित विभिन्न पुरस्कारको ब्यवस्था गरिएको छ ।










