तिजको अवसरमा रेशमा ६० हजार राशीको भलिबल प्रतियोगिता हुँदै

बागलुङ, ११ भदौ ।
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा यस वर्षपनि तिजी मेला हुने भएको छ ।
स्टार युथ क्लबले यस वर्ष भदौ १३ गतेदेखि १६ गतेसम्म आयोजना गरेको मेलाको मुख्य आकर्षकको रुपमा भलिबललाई लिएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लबले यस वर्ष साविक वडा स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता राखेको जनाएको छ । भलिबलको विजेताले नगद ६० हजार ६० रुपैयाँ, उपविजेताले ४० हजार ४० रुपैयाँ र तृतीय हुने टिमले १५ हजार १५ रुपैयाँ प्राप्त गर्ने कार्यक्रम संयोजक डिल बहादुर कार्कीले जानकारी दिए ।
यस्तै मेलामा सामुदायिक तिजी गीत प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, सोलो बाईक रेस प्रतियोगिता र रस्साकस्सी प्रतियोगिता रहेको आयोजकले जनाएको छ ।
तिजी गीत प्रतियोगितामा प्रथम हुने समुहले ५ हजार रुपैयाँ द्धितिय हुनेले ३ हजार र तृतीय हुनेले २ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तिज हिन्दु नारीहरुको महान चाड भएकाले मेलामा तिजी गीत प्रतियोगिता राखिएको आयोजकले बताएको छ । मेलामा राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुति रहने जनाइएको छ ।
मेला संचालनको लागि अनुमानति ७ लाख ६८ हजार ५ सय रुपैयाँ लाग्ने आर्थिक समितिका सदस्य रोशन कुँवरले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here