बागलुङ, ११ भदौं ।
पर्वतदेखि बागलुङ आउँदै गरेको बस कुश्मा नगरपालिका–१ नयाँपुलमा दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।
छमर्केदेखि पोखरा जाने पालो थाप्न बागलुङ आउँदै गरेको ग १ ख ८२५२ नम्बरको बस दुर्घटना हुँदा चालक २५ बर्षिय श्याम खड्का, कुनपा–२ का २६ बर्षिय यम शर्मा, २० बर्षिय सविना शर्मा निजकी डेढ महिनाकी छोरी सविना शर्मा, बागलुङ नगरपालिका ७ ढिकीचौरका ५४ बर्षिय प्रेम शर्मा घाईते भएका छन् ।
घाईते ५ जनाकै धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।










