बागलुङका होमनाथ शर्मा आई सि सि सदस्यमा बिजयी

दोहा, कतार, २६ अगष्ट । 
एन आर एन ए एनसिसिस कतारको आठौं अधिवेशन बाट बागलुङका होमनाथ शर्मा आइसिसि सदस्यमा बिजयी भएका छन् ।
सन् २०१९–२०२१ कार्यकालको लागि शुक्रबार कतारमा सम्पन्न मतदान बाट अत्यधिक मतका साथ शर्मा बिजयी भएका हुन ।
बिगत २३ बर्ष देखि कतारमा रहेर सामाजिक सेवामा सक्रिय शर्मा बागलुङको वलेबाका हुन् ।
बिजयी भए पश्चात् शर्माले मध्यपुर्व क्षेत्रमा रहेका आम नेपालीको साझा मुद्दा सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी रहेकोले त्यसलाई स्थापित गर्न आइसिसी मार्फत आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
साथै शर्माले सामाजिक संघसंगठनमा लाग्नको लागि निरन्तर साथ सहयोग र हौसला प्रदान गर्नुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गरेका छन् । सामाजिक संघसंस्थाको नेतृत्व गर्दै गर्दा निरन्तर मजदुरको हकहितको पक्षमा आवाज उठाउदै सामाजिक अभियानमा लागि रहेको बताए ।


सामाजिक कार्यमा संस्थागत रुपमा बागलुङ सेवा समाज कतारको संस्थापक हुँदै दुई कार्यकाल अध्यक्ष र अहिले संरक्षक रहेका शर्मा नेपाली जनप्रगतिशिल मञ्च कतारको संस्थापक हुँदै दुई कार्यकाल अध्यक्ष र हाल प्रमुख सल्लाहकार, अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको अध्यक्ष र गण्डकी प्रदेश समन्वय परिषद कतारको सल्लाहकार रहेका छन ।
गैरआवासीय नेपाली संघमा भने संघको प्रथम परिषदको निर्वाचित खुल्ला प्रतिनिधि, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २००७-२००९ कार्यकालको कार्यसमिति सदस्य तथा संघसंस्था समन्वय समितिको सदस्य, सन् २०११-१३ र सन् २०१७-२०१९ कार्यकालमा सल्लाहकार रहेर काम गरेका छन् ।
श्रमिक हुदै खाडीमा आएको आफुले अहिले ब्यबसाय सुरु गरेकोले आफू संग दुबै कामको अनुभव रहेको भन्दै शर्माले बर्तमान एन आर एनमा समेत आमूल परिवर्तनको खाचो महसुस गरेको बताए । उनले एन आर एन एको अभियानले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा यस अभियानलाई थप सशक्त बनाउदै लैजाने प्रतिबद्धता रहेको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here