
बागलुङ, ९ भदौ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा रहेको संयुक्त चार युवा क्लबको अध्यक्षमा अविशेक कटुवाल चयन भएका छन् ।
क्लबको सोमबार भएको प्रथम साधारणसभा तथा अधिवेशनले कटुवालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आशिष क्षेत्री, सचिवमा आशिष शर्मा, सहसचिवमा रोशन कुँवर, कोषाध्यक्षमा विपना केसी चयन भएका छन् । यस्तै सदस्यहरुमा साकार अधिकारी, सुजन विष्ट, समिप खड्का र समिक्षा जिसी रहेका छन् ।
साधारणसभामा बोल्दै बानपा–४ का वडाअध्यक्ष ध्रुव बहादुर केसलिे युवाहरु विकास र समृद्धिका पहरेदार भएकाले उत्पादनमुलक क्षेत्रमा आफुलाई केन्द्रित गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा त्रि.वि. उपप्राध्यापक प्रकाश शर्मा, उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष बसन्तकुमार श्रेष्ठ, न्यू ओयसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपाने, युवा समाजसेवी रामप्रसाद आचार्य, हरिबहादुर जिसी, पूर्ववडाअध्यक्ष विष्णुकुमारी शर्मा, शिक्षकर्मी गणेश शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संयुक्त चार युवा क्लबका निर्वतमान उपाध्यक्ष सन्दिप कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत नवनिर्वाचित सचिव आशिष शर्मा र संचालन अभिशेक कटुवाल क्षेत्रीले गरेका थिए ।










