बागलुङबाट १४ जनाले लिए बैवाहिक अंगिकृत नागरिकता

बागलुङ, ८ भदौ
जिल्ला प्रशासन कार्यालय बागलुङबाट १४ जना विदेशी महिलाले बैवाहिक अंगिकृत नागरिकता लिएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा नेपाली युवासँग बैवाहिक सम्बन्धमा बाँधीएका भारत, पाकिस्तान, पोर्जुगल, बेलायत लगायतका देशका महिलाले अंगिकृत नागरिकता प्राप्त गरेको हुन ।
वैवाहिक अंगीकृत नागरिता लिने अधिकांस भारतीय महिलाहरु रहेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
नेपालको संविधान २०७२ को भाग–२ नागरिता सम्बन्धी व्यवस्थाको धारा ११ को उपधारा ६ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम नेपालको अंगीकृत नागरिता लिने सक्ने व्यवस्था रहेको छ ।
प्रशासनले गतवर्ष ९ हजार २७० बंशजकोको आधारमा नागरिता, ४ हजार ८५५ प्रतिलिपी वितरण तथा २ हजार ७०० अभिलेखीकरण गरेको छ । प्रशासकीय अधिकृत पन्तका अनुसार गत वर्ष ३५ संस्था दर्ता, १७९ नवीकरण, एक हजार ४० नाबालक परिचय पत्र वितरण, ५७ ठाडो उजुरश्र ८४९ विविध सिफारिस, ९९ हातहतियार नवीकरण, ५६ जनाको तिब्ती शरणर्थीको परिचय पत्र नवीकरण तथा एक हजार ७४५ भुु.पु सैनि पेन्सन सिफारिस गरिएको थियो ।
प्रशासकीय अधिकृत पन्तका अनुसार संस्था दर्ताबाट ४ लाख ३३५, हातहतियार नवीकरणबाट ८२ हजार ९५०, राहदानी दस्तुरबाट तीन करोड १३ लाख ५ हजार, प्रशासनियक दण्डजरिवाना एक लाख १४ हजार, बेरुजु असुली ६ लाख एक हजार ६१४ तथा धरौटी २९ लाख ५ हजार ३५३ रुपैयाँ संकलन भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here