रवि लामिछाने र युवराज कंडेलको पक्षमा बागलुङमा प्रदर्शन

बागलुङ, ३ भदौं ।
आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवी लामिछाने र पत्रकार युवराज कँडेलको रिहाईको माग गर्दै बागलुङमा प्रदर्शन गरिएको छ ।
युथ अफ बागलुङले (आज) मंगलबार पत्रकार रबि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै बागलुङमा दवाब मुलक ¥याली निकालेका हुन । उनीहरुले सोमबार पनि रिहाईको माग गर्दै ¥याली निकालेका थिए ।
उनीहरुले बागलुङको लोकतान्त्रिक चोकबाट ¥याली सुरु गरि धौलागिरी चोक, जिपपार्क, लालीगुराँसचोक, गोदामचोक, जिल्ला प्रशासन हुँदै हल्लन चोबाट पुनः लोकतान्त्रिक चोकमा आएर समपन गरेका थिए ।
नीहरुले ‘सरकार देखियो, न्याय देखिएन, अन्यायको विरुद्ध न्यायको लडाई’ भन्ने नाराका साथ सत्य र निश्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । पक्राउ परेको पत्रकार लामिछाने र कँडेलको निष्पक्ष छानवीन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका थिए ।
शालिकराम पडाशैनीको आत्मा हत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले गत साउन ३० गते तीन पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा राखिएको छ ।
उनीहरुलाई आजै चितवन अदालतले थप अनुशन्धानको लागि ५ दिनको म्याद थप गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here