विद्यालयबाट घर फर्किदा भेलले बगाएर बडिगाडमा एक बालिकाको मृत्यु

बागलुङ, १ भदौं ।
अविरल वर्षासँगै आएको भेलले बगाउँदा बागलुङको बडिगाड गाउँपालिका–७ थाम्काकी एक विद्यार्थी बालिकाको मृत्यु भएको छ ।
आइतबार साँझ विद्यालयबाट फकिँदै गरेकी बडिगाड–७ थाम्काका बुद्धिबहादुर परियारकी ८ वर्षीया छोरी शर्मिला परियारको भेलले बगाउँदा मृत्यु भएको हो ।
डाँफेपातल आधारभूत विधालयबाट अध्ययन गरी फर्कने क्रममा उनलाई भेलले बगाएको स्थानीयले बताएका छन् । भेलले बगाएर करिब ८ सय मिटर टाढा पुर्याएको अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय भिमगिठले जानकारी दिएको छ ।
उनी डाँफेपातल आधारभूत विधालय कक्षा २ मा अध्ययनरत छात्रा हुन् । वर्षाले बडिगाड गाउँपालिकाको अन्य स्थानमा पनि भौतिक क्षति पुर्याएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here