जिल्ला वडा संघको अध्यक्षमा गणेश थापा मगर चयन

बागलुङ, १ भदौं ।
जिल्ला वडा संघ बागलुुङको अध्यक्षमा बागलुुङ नगरपालिका– ९ का वडा अध्यक्ष गणेश थापा मगर सर्वसम्मत चयन हुुनुुभएको छ ।
शनिबार बागलुङमा सम्पन्न भेलाले थापाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला वडा संघ गठन गरेको हो ।
संघको उपाध्यक्षमा बानपा १३ का वडा अध्यक्ष नारायण पौडेल, सचिवमा काठेखोला गाउँपालिका १ का वडा अध्यक्ष खडक थापा, कोषाध्यक्षमा निसीखोला गाउँपालिका वडा अध्यक्ष कुविर विक कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
संघको सदस्यमा जैमिनि नगरपालिका ८ वडा अध्यक्ष विजय अधिकारी, जैमिनि नगरपालिका ४ का वडा अध्यक्ष चक्र थापा, बानपा २ का वडा अध्यक्ष जीवन आचार्य, काठेखोला गाउँपालिका ६ का वडा अध्यक्ष युुक्तप्रसाद कँडेल, बरेङ गाउँपालिका ३ का वडा अध्यक्ष पुुर्ण खनाल, रहनुभएको छ ।
त्यस्तै सदस्यमा गलकोट नगरपालिका २ का वडा अध्यक्ष यामबहादुुर भण्डारी, गल्कोट नगरपालिका ८ का वडा अध्यक्ष डम्वर बहादुुर श्रीस, ताराखोला गाउँपालिका २ का वडा अध्यक्ष भद्रबहादुुर घर्ति, बडिगाड गाउँपालिका ८ का वडा अध्यक्ष यामबहादुुर श्रीस, बडीगाड गाउँपालिका ७ का वडा अध्यक्ष कृष्ण गुुरुङ, ढोरपाटन नगरपालिका ८ का वडा अध्यक्ष नन्दे सुुनार र निसिखोला गाउँपालिकाका ७ वडा अध्यक्ष तेजेन्द्र विक्रम कँुुवर रहनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here