बोबाङ बृद्ध दम्पत्तिको हत्या प्रकरणः दाई र भाउजुको हत्या गर्ने आफ्नै भाई

बागलुङ, ३१ साउन ।
बागलुङको ढोरपाटन नगरपालिका–८ बोवाङ्गमा साउन २५ गते बृद्ध दम्पतिको हत्या आफ्नै भाईले गरेको खुलेको छ ।
घटना पश्चात पक्राउ परेका मृत्तकका भाई ६१ बर्षिय मसाने कामीले अनुशन्धानको क्रममा आफुले खुकुरी र बन्चरो प्रहार गरी दाई र भाउजुको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
साउन २५ गते ढोरपाटन नगरपालिका–८ साविक बोवाङ्ग–४ कुईने अङगरे बस्ने ६४ बर्षिय भने कामी र उनकी श्रीमती ६० बर्षिया विमा कामीको हत्या भएको थियो ।


मृतकका छोरा लिले कामी र आरोपित मसानेकी जेठी बुहारीबीच अनैतिक सम्बन्ध रहेको विषयमा भाऊजुसँग विवाद हुँदा आक्रोसित मसानेले दाई भाऊजुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
माथिल्लो गोठमा बसेकी भाऊजुसँग सोहि कुरामा विवाद हुँदा मसानले नजिकै रहेको खुकुरी प्रहार गरी हत्या गरेका थिए । खुकुरीको पहिलो प्रहारमा बिमा चिच्याएरको सुनेर तल्लो गोठमा रहेको भने हेर्न जाँदा गोठमा रहेको बच्चरो प्रहार गरी विभत्स हत्या गरेको प्रहरी उपरीक्षक भट्टको भनाई छ ।
छोरा बुहारीको अनैतिक सम्बन्धको विषयमा दुई परिवारबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । मृतक दम्पति साउन ७ गते स्थायी बसोबास रहेको स्थान ढोरपाटनको नवीबाट मकैको रेखदेख गर्न लेक (गोठ) गएका थिए । मृतका छोरा बुहारी र जेठी श्रीमति ढोरपाटनको नवीमा बस्दै आएका छन् ।
आरोपित मसानेलाई शुक्रबार म्याद थप गरी कर्तव्य ज्याम मुद्दा चलाउने तयारी गरेको प्रहरी उपरीक्षक भट्टको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here