बोबाङ दम्पती हत्या प्रकरणः प्रहरीले हत्यारा सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलायो

बागलुङ, ३१ साउन ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको रहस्यमय हत्या प्रकरणको हत्यारा पत्ता लागेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले हत्यारा सार्वजनिक गर्ने भन्दै शुक्रबार (आज) १०.३० मा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
गत शनिबार साउन २५ गते राती बोबाङ अङगरे विराउनी बस्ने ६४ बर्षिय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षिया विमा कामीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शब फेला परेको थियो ।
२५ गते विहान शब फेटिएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुशन्धानको लागि खटिएको प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीको नेतृत्वमा खटिएको टोलीले शंकास्पद ३ जनालाई पक्राउ गरि २८ गते मंगलबार जिल्लामा ल्याइएको थियो ।
पक्राउ परेकाहरु मध्ये नै अपराधि भएको जिल्ला प्रहरी कार्यालयका डिएसपि झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । उनका अनुसार हत्यारा को र किन हत्या भयो भनेर पत्रकार सम्मेलन बोलाइएको जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here