जनैपूर्णिमामा बागलुङका दुई स्थानिय तहमा विदा

बागलुङ, २९ साउन ।
साउन अन्त्यसँगै नेपालीलाई चाडपर्वको माहोलले छोपेको छ । भोलि अर्थात् ३० साउनमा हिन्दुहको पर्व जनैपूर्णिमा परेको छ ।
केही वर्षअघिसम्म सरकारले यो दिन बिदा दिँदै आएको छ । तर, यो वर्षदेखि सरकारले स्थान विशेष र जाति विशेषका लागि मात्र बिदा दिने निर्णय गरेपछि संघीय सरकारले जनैपूर्णिमामा बिदा दिएन ।
तर, प्रदेश सरकार र केहि स्थानिय सरकारले भने जनैपूर्णिमाका दिन धमाधम बिदा घोषणा गरिरहेका छन् ।
जनैपूर्णिमाका दिन बागलुङका दुई स्थानिय तहले पनि विदाको घोषणा गरेका छन् । १० स्थानिय तह मध्ये बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले बुधबार सूचना जारी गर्दै बिहीबार जनैपूर्णिमाको दिन विदाको घोषणा गरेका हुन ।
यस्तै बागलुङका गल्कोट नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले भने विदाको केहि सूचना जारी गरेका छैनन् ।
संघीय सरकारले भने यो वर्ष १५ वटा मात्र पर्व बिदा घोषणा गरेको छ । सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि सार्वजनिक बिदा दिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here