
अमृत कंडेल
जापान, १३ अगष्ट ।
जापानको ओकिनावामा अगष्ट ९ देखि ११ गतेसम्म भएको कोशिकी कराँतेको विश्व महासम्मेलन एवं विश्व च्याम्पियनशिपमा नेपालका खेलाडीले चार पदक प्राप्त गरेका छन् ।
नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका ९ जना खेलाडीहरु दुई जना खेलाडीले रजत पदक र दुई जना खेलाडीले काश्य पदक प्राप्त गरेका हुन ।
प्रतियोगितामा जुनियर पुरुष काता स्पर्धामा नेपालका साहिल कंडेलले क्यानडाका खेलाडीलाई १७ अंकले पछि पार्दै रजत पदक प्राप्त गर्न सफल भए । यस्तै जुनियर पुरुष (१३ वर्षमुनि)को स्पर्धामा क्यानडाका सोलोमोन ज्याकमेनसँग २ अंकले पराजित हुँदै रजत पदक प्राप्त गरेका थिए । उनले सेमिफाइनलमा क्यानडाकै नोहा मेहरीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

त्यसैगरी जुनियर १७ बर्ष मुनिको स्पर्धामा नेपालका अमृत के.सी.ले क्यानडाका बिल क्रीप्प्ससँग पराजित हुँदै काश्य पदकमा चित्त बुझाएका छन् । उनले अस्टे«ेलियाका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेपनि फाइनलमा प्रवेश गर्नभने सकेनन् ।
यस्तै कोशिकी करातेका अध्यक्ष एबं प्रशिक्षक कृष्णप्रसाद कंडेल पुरुष सिनियर लाइट वेट स्पर्धामा जापानका खेलाडीसँग पराजित हुँदै काश्य पदकमा चित्त बुझाएका छन् । उनले अस्ट्रेलियाका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । उक्त स्पर्धामा अमेरिकाका ब्रुस्ली वाल्कर प्रथम हुन सफल भएका छन् ।
नेपालको ग्रामिण क्षेत्र बागलुङबाट सहभागी सबै खेलाडी अपर्याप्त पुर्वाधार साथै जुनियर स्पर्धामा उमेरलाई मात्र आधार मान्दा आफू भन्दा धेरै ठुला तौलका खेलाडीसंग स्पर्धा गर्नु पर्दा अपेक्षित नतिजा प्राप्त गर्न नसकिएको, नेपाली टिम का प्रमुख कृष्ण प्रसाद कंडेलले जानकारी गराउनुभयो ।










