बोबाङ दम्पती हत्या प्रकरणः शंकास्पद ३ जना पक्राउ

बागलुङ, २८ साउन ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय बागलुङले शंकास्पद ३ जनालाई पक्राउ गरेको छ ।
गत शनिबार साउन २५ गते राती बोबाङ अङगरे विराउनी बस्ने ६४ बर्षिय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षिया विमा कामीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशंकामा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीको नेतृत्वमा खटिएको अनुशन्धान टोलीले शंकास्पद ३ जना व्यक्तिहरुलाई पक्राउ गरि थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याउँदै गरेको हो ।
‘हत्याको आशंकामा ३ जना व्यक्तिहरुलाई पक्राउ गरि जिल्लामा ल्याइदै छ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपि झविन्द्रप्रसाद भट्टराईले भन्नुभयो–‘पक्राउ गरेका व्यक्तिहरुलाई थप अनुशन्धानपछि हत्या गरेको वा नगरेको थाहा लाग्नेछ ।’ उहाँले ३ जनालाई पक्राउ गरेपनि हत्याको आशंकामा धेरै कोडबाट अनुशन्धान भइरहेको जानकारी दिनुभयो ।
आईतबार विहान भानबहादुरको शव घर तलको मकै बारीमा भेटिएको थियो भने विमाको शव आफ्नै घरभित्रै विभत्स अवस्थामा रहेको थियो । कामी दम्पति मृत अवस्थामा भेला परे पछि स्थानीयले आईतबार विहान प्रहरीलाई खबर गरेका थिए ।
हत्या गरिएको स्थान बोबाङमा बस्दै आएका उनीहरुको घर एकान्त ठाउँमा रहेको छ । मृतक कामीका भाई र भाइका माइतिको घर केही नजिक छ तर ति दुई दम्पति बस्ने ठाउँदेखि २५/३० मिनेट लाग्ने देखिएको छ । मृतक कामीका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here