मिगौला पीडित विश्वकर्मालाई सहयोगका लागि अपिल

बिनोद प्रिय बिश्वकर्मा
बागलुङ (बुर्तिबाङ), २६ साउन ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरकी २१ बर्षिय मिगौला पिडित कमला विश्वकर्माले आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।
गतपौषमा सामान्य विरामी भएपछि चेकजाच गर्दा मिगौलामा समस्या देखिएको र डाक्टरको सल्लाहमा थपउपचारको लागि भारत पुगेर उपचार गरेर नेपाल आएपछि अहिले दुवै मिगौला फेल भएपछि उपचारको लागि उहाँको घरपरिवारले सवैलाई सहयोग गरिदिन अनुरोध गरेको छ ।
विश्वकर्माको मिगौला प्रत्यारोपण र उपचारको लागि भारतको सोर्भदय हस्पिटलमा लानको लागि आर्थिक समस्या भएपछि सवैलाई सहयोगको लागि अपिल गर्न बाध्य भएको विश्वकर्माका बुबा मानसिंह विश्वकर्माले बताउनुभयो । उहाँले आफुसँग भएको पैसा पनि सकिसकेको र छोरीलाई बचाई उनको लागि सहयोगको अपिल गरिएको बताउनुभयो । “अलिकति भएको पैसापनि पहिलेनै उपचार गर्दा नै सकियो आर्थिक अवस्था पनि कमजोर छ छोरीलाई उपचार गर्न अहिले निकै अप्ठयारो परेको छ”उहाले भन्नु भयो ।
अहिले कमलाको शरिर सुन्नीएको र शरीर निकै कमजोर अबस्थामा रहेको कमलाका दाई खिमलाल बिश्कर्माले बताउनुभयो । सबैको साथ रहेमा उपचार पश््चात नयाँ जीवनको सुरुवात गर्न सक्ने बिश्वकर्मा भन्नुभयो ।
साथै सहयोग गर्न चाहनेहरुले दाई खिमलाल बि.क.को एन एम बि बैङक बुर्तिबाङमा रहेको खाता नं ०८६००८४४९९००००१६ सहयोग गर्न सकिने छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here