
बागलुङ, २६ साउन ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं.८ बोबाङमा धारिलो हतियार प्रयोग गरि एक दम्पतीको विभत्स तरिकाले हत्या भएको छ । शनिबार राती आफ्नै घरमा बसेका ६८ बर्षिय भानबहादुर कामकी र उनकी श्रीमती ६० बर्षिया विमा कामीको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
आईतबार विहान भानबहादुरको शव घरको नजिकै मकै बारीमा र श्रीमती विमाको शव घर भित्रै रक्ताम्मे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार दुवै जनाको टाउँकोमा बञ्चरोको प्रयोग गरि हत्या गरिएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको र हत्याराको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय गल्कोटबाट र जिल्ला प्रहरी कार्यालय बागलुङबाट इन्सपेक्टर नरेन्द्रजंग कार्कीको नेतृत्वका अनुशन्धानको लागि टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










