सडक मर्मत र नाली व्यवस्थापन पछि यात्रुलाई सहज

साउन, २० बागलुङ
निरन्तरको वर्षा सककगै अहिले ग्रामीण सडकहरुमा पहिरो खस्ने र सडक खाल्डा खुल्डी परेका छन । भलले नाली पुरेपछि कच्ची सडकमा भल बगेर खाल्डा खुल्डी बढेपछि दुर्घटनाको जोखिम बढन थालेको भन्दै सडक मर्मत गरिएको छ ।
गलकोट नगरपालिका वडा नं ७ ले ठाडोओडार देखि वडा नं ७ मल्म विशारेडाककडा सम्मको झण्डै ३ सय मिटर सडक मर्मत गरेको हो । मध्यपहाडी लोकमार्गको जिरो किमी सुरु भए सककगै मुख्य नाकाको नाली बिग्रेर सडकमा पानी तथा भल हिडन थालेपछि सडक मर्मत गरिएको वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनुभयो ।
गलकोट नगरपालिकाको वडा नं ७ मल्म देखि वडा नं १० पाण्डवखानी हुककदै बडिगाड गाउककपालिका वडा नं ८ रणसिंहकिटेनी जोडने यस सडकमा दैनिक सयौं गाडी ओहोर दोहोर गर्ने गर्दछन । निरन्तर वर्षा सककगै मल्म विशारेडाककडामा खसेको पहिरो समेत हटाईएको छ । पहिरोले साककघुरो भएको सडक पहिरो पन्छाएपछि अहिले फराकिलो बनेको छ ।
अहिले विशारेडाककडा देखि ठाडोओडार सम्म पुनः नाली व्यवस्थापन, खाल्डा खुल्डीमा गिट्टी बालुवा सहितको रोडा प्रयोग गरि सडक मर्मत गरे सककगै यातायात आवतजावतमा सहज भएको छ । सडक मर्मत पश्चात अहिले सवारी साधन र पैदल यात्रीलाई ओहोर दोहोर गर्न सजिलो हुनुका साथै दुर्घटनाको जोखिम समेत कम भएको छ ।
त्यस्तै मल्म पाण्डवखानी रणसिंहकिटेनी सडक अन्तर्गत ओदाह, ज्यामिरे खोला, फलाटे खोला, फेदी र भोर्लेनीमा समेत सडक मर्मत गरिएको छ । वर्षा सककगैको भल र खोलाले सडक कटान गरेपछि यि स्थानहरुमा सवारी साधनले सास्ती खेप्दै आईरहेका थिए । सडक मर्मत गरे पछि अहिले यात्रु र गाडी चालक खुसी भएका छन ।
यता सामाजिक संस्था घुम्टे युवा परिवारको सकृयतामा मल्म पाण्डवखानी सडक अन्तर्गत सानोखोलामा गएको पहिरो हटाईएको छ । अविरल वर्षा पछि रुख सहित झरेको पहिरोले सडक साँघुरो भएपछि गाडीहरुलाई आवत जावत गर्न समस्या परेको थियो । परिवारमा आवद्व सदस्यहरु भुमिराज थापा, मिन थापा, किसान केसी, अमृत थापाको सकृयतामा उक्त कार्य सम्पन्न गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।
वडा सरकारको समन्वयमा पहिरो हटाईएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । संस्थाले समय समयमा स्थानिय स्तरमा सामाजिक कृयाकलापहरुमा सकृय रुपमा सहभागिता जनाउँदै आईरहेको सदस्य भुमिराज थापाले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here