फुट्यो तुरतुरे ताल, मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, २० साउन ।
बागलुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा गतवर्ष पहिरोले बडिगाड खोला थुनिएर बनेको कृतिक तुरतुरे तालको केहि भाग आईतबार राती फुटेको छ ।
आईतबार दिउँसोदेखि परेको अविरल बर्षापछि बडिगाड खोलामा आएको बाढीका कारण ताल फुटेपछि तालमा रहेको पानीको सतह करिव ५० प्रतिशत घटेको हो । ताल फुटेपछि ताल तलको करिव २ सय मिटर मध्यपहाडी लोकमार्ग बगाएको छ।
तुरतुरे ताल फुटेर बडीगाड खोलामा पानीको सतह एक्कासी बढेपछी त्यस तलको मध्यपहाडी लोकमार्गको २ सय मिटर सडक बगाउँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । राती एक्कासी खोलाको बहाव बढेपछि तटिय क्षेत्रमा रहेका भिङगाड, भिङखाल, खार र खर्वाङ बजार क्षेत्रमा स्थानीयबासी केहि आतंकित बनेका थिए । तालको पानी घट्ने क्रम रहेकाले आतंकित हुनुपर्ने अवस्था नरहेपनि तटिय क्षेत्रमा सावधारी अपनाउनुपर्ने अवस्था रहेको बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले बताए ।
अहिले सम्म खोलाको बहावले कतै कुनै क्षति नगरेकोले आत्तिनु पर्ने अवस्था नरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष पाइजाले जानकारी दिए ।
मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ खण्ड अन्तरगत बडिगाड गाउँपालिकाको खारबजार नजिकैको सडक बडिगाड खोलाले बगाउँदा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अबरोध भएको अध्यक्ष पाइजाले जानकारी दिए ।
अध्यक्ष मेयरसिह पाइजाले सडक अबरुद्द भएपनि अरु नोक्सान नभएको जानकारी दिए । रातीदेखि नै प्रहरी टोलीले तटीय बस्तिमा सावधानी अपनाउन अनुरोध गरेको थियो । अहिले जोखिम कम भएपनि नदि नजिक नजान अध्यक्ष पाइजाले स्थानीयलाई अनुरोध गरेका छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड पूर्ण रुपमा अवरुद्ध हुँदा जिल्लाको पश्चिम बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिका लगायतका नागरिक सिधा सवारी आवागमनबाट बञ्चित भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here