बागलुङका युबेश थापा साफ यू १९ च्याम्पियनसिपको प्रारम्भिक चरणमा छानिए

बागलुङ, १९ साउन ।
अर्को महिना घरेलु मैदानमा आयोजना हुने साफ यू १९ च्याम्पियनसिपको लागि नेपालले (आज)बाट आफ्नो तयारी सुरु गरेको छ ।
ल्चोकस्थित एपीएफ क्लबको मैदानमा आयोजना हुने प्रतियोगिताको सेप्टेम्बरमा हुने भनिएपनि मिति भने तय भएको छैन ।
एन्फाले साफ यू १९ च्याम्पियनसिपको लागि प्रारम्भिक चरणमा ४६ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । जसमा १० फरवार्ड, १७ मिडफिल्डर,१३ डिफेन्डर र ६ गोलकिपर रहेका छन् ।
यू १९ को प्रारम्भिक चरणमा बागलुङका युगेश थापा परेका छन् । फ्रेण्डस क्लबको यू–१८ टिमबाट ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता खेलेका थापा प्रारम्भिक चरणमा छनोट भएका हुन । ८ वर्षदेखि फुटबल खेल्दै आएका थापाले बागलुङमा भएका स्कुल स्तरिय प्रतियोगितामा सिदार्थ शिक्षा सदनलाई २ पटक उपाधि जिताएका थिए । यस्तै सानै उमेरमा बागलुङ–११ को महत्वपूर्ण सदस्यको रुपमा आफुलाई उभाई सकेका छन् ।


सानै उमेरदेखि फुटबलमा लागेका थापा एक दिन नेपाल जर्सि लगाएर देशको लागि फुटबल खेल्ने सपना बनाएका छन् । उनलाई घरबाट पूर्ण रुपमा फुटबल खेल्न सहयोग मिलेको छ । थापालाई सानैदेखि फुटबल सिकाउँदै आएका बागलुङ जिल्ला फुटबल संघका प्रशिक्षक भिम बहादुर बोहोराले मेहेनेती भएकाले अहिले उक्त स्थानमा पुगेको बताउनुभयो । उहाँले थापाको खेल उत्कृष्ट रहेको र अन्तिम टिममा पर्न सक्नेमा सम्भावना देखिएको बताउनुभयो ।
एन्फाले साफ यू १९ का लागि गत महिना सम्पन्न ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपका आधारमा खेलाडी छनोट गरेको हो । घरेलु भूमिमा नेपाल साविकको विजेताको हैसियतले मैदान उत्रनेछ । भुटानमा दुई बर्षअघि आयोजना भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।


यसअघि साफले पहिलो संस्करण यू–१९ साफ आयोजना गरेको थियो । दोस्रो संस्करणमा त्यसलाई परिमार्जित गर्दै साफ यू–१८ आयोजना गरिएको हो । पहिलो संस्करणको साफ यू–१९ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको थियो । उक्त प्रतियोगिता नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।
एन्फाले यू–१८ साफको लागि मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नु राम चौधरीलाई चयन गरेको छ ।

छनोटमा परेका खेलाडी 
गोलकिपर – विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजना होना, निशान खड्का, आकाश रानाभाट

रक्षक – विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अषिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोनश दोङ, युवेश थापा, बसन्त बस्नेत, अनिक रुम्बा, अन्जन महर्जन, राजु पण्डित, विशाल शाही

मिडफिल्डर – शीशिर लेखी, दीपेश गुरुङ, रोशन राना मगर, राजन पुन, आकाश बुढा मगर, रजिन माझी, सञ्जिव लामा, जय गुरुङ, मनीष थापा, कुशल फुयाल, आदित गुरुङ, श्याम मुर्मा, सञ्जु श्रेष्ठ, नीतिन थापा, सम्राट सुनुवार, रोशन कार्की, मौसम सुब्बा

फरवार्ड– ब्रिजेश चौधरी, सचु गुरुङ, नीरज चौधरी, कैलाश लामिछाने, कर्लोश बखारया, दर्शन गुरुङ, अभिषेष्क श्रेष्ठ, सन्जु सेन, क्रिटिश रत्न छन्जु, मनीष डागी

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here