
बागलुङ, १६ साउन ।
लायन्स क्लव अफ धौलागिरि बागलुङ र लायन्स क्लव अफ बागलुङ सिटिको तर्फवाट गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितहरुलाई राहत वितरण गरिएको छ ।
क्लवका अध्यक्ष लायन राजन शाक्य नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललाई सो राहत सामाग्रि हस्तान्तरण गरेको हो । क्लवका अध्यक्ष शाक्यले पिडितहरुलाई केहिभएपनि राहत होस भन्ने हेतुले रकम संकलन गरिएको वताउनुभएको थियो । नगद २५ हजार र केहि औषधि हस्तान्तरण गर्दै शाक्यले अवको केहि दिनमा लायन्स क्लव अन्तराष्ट्रियवाट ११ लाख भन्दा वढि नगद आउँदै गरेको जानकारी समेत गराउनुभएको थियो ।
सो राहत वितरण कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले राहत रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उपप्रमुख सुवर्ण शाही शेरचनले प्राकृतिक विपत्तिको सामना गर्न सवैको सहयोग हुनुपर्ने वताउनुभएको थियो ।
कार्यक्रम लायन्स क्लव अफ धौलागिरिका सचिव गणेश महतोको सञ्चालनमा सम्पन्न भएको थियो । गत श्रावण ७ गते गएको पहिरोवाट गुल्मीको सत्यवति गाउँपालिकाको २ वटा वडामा १३ जनाको मृत्यू भएको थियो भने २ जना घाइते भएका थिए । सो पहिरोबाट करिव ३ सय वढि घर परिवार विस्थापित भएका छन् ।










