बागलुङ, १६ साउन ।
बागलुङको राजकुतमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बुधबार राति निसीखोला गाउँपालिका वडा नम्बर ७ रातकुतमा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।
आगजनीका कारण टावर र सेटिङ बक्समा क्षति भएको डिएसपी भट्टराईले बताए । उनका अनुसार आगजनी गर्नेहरुको पहिचान हुनसकेको छैन । उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
टावरमा क्षति भएपछि त्यस क्षेत्रमा अहिले एनसेल नेटवर्कममा समस्या देखिएको छ ।










