
बागलुङ, १५ साउन ।
निजामति कर्मचारी संगठनले धौलागिरी अञ्चल अस्पतालमा स्मार्ट टेलिभिजन र बेड सिट सहयोग गरेको छ ।
शहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा निजामति कर्मचारी संगठन बागलुुङले अस्पतालमा स्मार्ट टेलिभिजन र बेड सिट सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले यस धौलागिरी अञ्चल अस्पताललाई अव व्यवस्थित गरी स्वास्थ्य सेवामा प्रदेशको नमुना अस्पतालमा बनाउन सवैको सहयोग अपरिहार्य रहेको बताउनुुभएको छ ।
सांसद सापकोटाले धौलागिरी अञ्चल अस्पताललाई धौलागिरी प्रादेशिक अस्पतालको रुपमा विकाश गर्न गण्डकी प्रदेशले विशेष सहयोग दिन आवश्यक रहेको जानकारी दिनुुभयो । धौलागिरी अञ्चल अस्पतालमा पोखरा लगायत ठुला सहरहरुमा प्रदान गरिने सेवा समेत सुुरु गरिएको सम्पुुर्ण सेवाग्राहीलाई अव बागलुुङमा पनि स्वास्थ्य सेवा सुुरु गरिएको जानकारी दिनुुभयो । सापकोटाले राम्रो हाम्रो अस्पताल बनाउन सवैको साथ सहयोगको खाचो रहेको बताउनुुभएको छ ।

धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानाले अस्पतालमा बि ब्लक भवन निर्माण भएपछि ए ब्लकमा विरामीको चाप हुुदा टिकट ल्याउन लाइन बस्नुुपर्ने बाध्यता रहेकाले अव यसको अन्त्यका लागि वि ब्लकको टिकट काउन्टरमा तोकन सिस्टम सुुरु गर्न लागिएकाले कुुर्चीमा बस्दा सम्म कुुनै समस्या पैदा हुुन नदिन स्माटै टेलिभिजनले थप सहयोग पुुग्ने अध्यक्ष रानाको भनाई छ ।
रानाले अस्पतालमा नर्स र डाक्टरहरुको पदपुुर्तिका लागि राज्यले बजेट विनियोजित गरेपनि यहाँ नर्स र डाक्टर नपठाउने साथै असार मसान्तमा बजेट फिरिज गरेर लैजाने परिपाति रहेको र अस्थाईमा व्यवस्थापन समितिलाई पदपुर्ति गर्न नदिने राज्यको कस्तो नियम हो भनेर प्रश्न समेत उठाउनुुभएको थियो ।
कार्यक्रममा प्रमुुख जिल्ला अधिकारी लुुकबहादुुर क्षेत्री,निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष घनश्याम सापकोटा, नेपाल स्वास्थ्य प्राविधिक संघका राम प्रसाद खनाल र केन्द्रिय सदस्य तेजप्रसाद निउरे लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रम निजामति कर्मचारी संगठन बागलुुङका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता, सदस्य कृष्णराज गौतमको स्वागत र सचिव श्याम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।










