
बागलुङ, १५ साउन ।
कालिका पत्रकारिता पुरस्कार–२०७५ बाट बागलुङका दुई जना पत्रकार पुरस्कृत भएका छन् ।
कालिका भगवती गुठी व्यवस्थापन समितिले कालिका भगवती मन्दिरको समाचार सम्प्रेषण, प्रबद्र्धन तथा प्रचारप्रसारको क्षेत्रमा सहयोग पु¥याएको भन्दै प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट यस वर्ष एभिन्यूज खबरका बागलुङ संवाददाता राजेशचन्द्र राजभण्डारी र नागरिक दैनिकका बागलुङ संवाददाता संगम घर्तीलाई पुरस्कृत गरेको हो ।
दुवै जनालाई ७ हजार पाँच सय रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै मन्दिरको प्रचारप्रसारमा सहयोग पु¥याएको भन्दै कान्तिपुर दैनिकका पर्वत संवाददाता अगन्धर तिवारी, पत्रकार महासंघ पर्वत शाखाका उपाध्यक्ष प्रनिस गिरी र टिभि अन्नपूर्णलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै संघिय सांसद देवेन्द्र पौडेलले बागलुङमा पर्यटन भित्र्याउनको लागि कालिका मन्दिरको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले बागलुङमा आउने पर्यटकहरु कालिका मन्दिरको दर्शनको लागि आउने गरेको बताउँदै अब पर्यटकहरुलाई बागलुङका अन्य पर्यटकीय स्थलहरुमा पु¥याउन सवै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
सांसद पौडेलले अहिले पर्यटनको क्षेत्रमा मागे जति बजेट प्राप्त नभएपनि पर्यटन मन्त्रालयले ध्यानकर्षण गरेर बजेट विनियोजित गरेको बताउनुभयो ।
कार्यक्रममा कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज बलावती शर्मा, कांग्रेस जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर थापा, नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष विजय राना, पुरस्कृत पत्रकारद्वय राजभण्डारी र घर्ती, महासंघ पर्वत जिल्लाका उपाध्यक्ष प्रनेश गिरी र कान्तिपुर दैनिकका पर्वत संवाददाता अगन्धर तिवारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कालिा भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत समितिका सदस्य नारायण आचार्य र संचालन कोषाध्यक्ष निशान खड्काले गर्नुभएको थियाो । गुठीले हरेक वर्ष दुई पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।










