राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यालय र खेलाडीलाई पुरस्कार वितरण

बागलुङ, ८ साउन ।
असार २३ र २४ गते बागलुङमा सम्पन्न भएको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यालय र खेलाडीहरुलाई आज (बुधबार) पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ काश्य पदक प्राप्त गरेको सिगाना मावि पहिलो पटक प्रथम हुँदै शिल्ड प्राप्त ग¥यो । सिगाना माविले शिल्ड सहित १५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।
यस्तै १० स्वर्ण, ३ रजत र १० काश्य पदक सहित द्धितिय भएको चिल्ड्रेन लाईफ बोर्डिङले १२ हजार रुपैयाँ प्राप्त गर्योभने ६ स्वर्ण, २ रजत र २ काश्य पदक सहित तृतीय भएको रुद्रेपिपल माध्यमिक विद्यालयले ९ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
बुधबार नै प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई र पोखरामा सम्पन्न भएको प्रदेश राष्ट्रपति रनिङ शिल्डमा सहभागि भएका १२ जना खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।


उक्त कार्यक्रममा पुरस्कार वितरणपछि बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले खेलकुदकका कारण विद्यार्थीहरु गलत क्षेत्रमा लाग्नबाट जोगिएको बताउनुभयो । उहाँले खेलकुद स्वास्थ्य र राष्ट्र दुवैका लागि आवश्यकता रहेकाले विद्यार्थीलाई खेलकुदमा समावेश गराउँदा अनुशासनमा रहन सहयोग पुग्ने बताउनुभयो । सांसद सापकोटाले खेलकुदले देशलाई विश्व सामु चिनाउने भएकाले विद्यालयमा शिक्षासँगै खेलकुदलाई प्राथमिकताका साथ अगाडी बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुुश्मराज उपाध्याय, जिल्ला प्रहरी कार्यालय बागलुुुङका प्रहरी उपरीक्षक नवराज भट्ट र जिल्ला प्रशासन कार्यालय बागलुुङका सुुचना अधिकारी धिरेन्द्रराज पन्त लगायतले बोल्नुुभएको थियो ।
जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष धनबहादुुर परियारको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रमको संचालन प्रशिक्षक भिमसेन शाक्यले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here