ढोरपाटनमा उत्तरगंगा नदिले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

बागलुङ, ८ साउन ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा उत्तरगंगा नदिले बगाएर एक जनाको मृत्यु भएको छभने एक जना वेपत्ता भएका छन् ।
ढोरपाटन नगरपालिका–९ नवीगाउँदेखि स्यालपाखे घर जाँदा उत्तरगंगा नदी तर्ने क्रममा बगाउँदा ४५ बर्षिय नर बहादुर विकको मृत्यु भएको छभने २२ बर्षिय सेते विक वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्रबहादुर भट्टराईले जानकारी दिए ।
नर बहादुर विकको शव नदीले बगाएर ५ सय मिटर तल पु¥याएको अवस्थामा भेटिएको र बेपत्ता सेते बिकको खोजी भईरहेको प्रनाउ भट्टराईले बताए ।
बुधबार विहानदैखि परेको अविरल बर्षाले नदिको बहाव बढेको स्थानियले जानकारी दिए । उक्त स्थानमा नदी तर्नको लागि पुल नभएकाले स्थानियहरुले जोखिम मोल्दै वारपार गर्दै आएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here