
बन्दिपुर, ७ साउन ।
युवाा जागरण र नेतृत्वमा निखार ल्याउने उद्देश्यले जेसीज वर्ष २०१९ मा क्षेत्र ख कार्यकारिणी उपाध्यक्षको भेला शुक्रबार र शनिबार तनहुँको बन्दिपुरमा सम्पन्न भएको छ ।
१८ देखि ४० बर्ष उमेर समूहका युवाको नेतृत्व र व्यक्तित्व विकास गर्नेको लागि स्थापना गरिएको जेसीजको उपाध्यक्षहरुको भेलाबाट युवाहरुमा उर्जा थपेको बताएका थिए ।
कार्यक्रममा नेपाल जेसीज वर्ष २०१९, क्षेत्र ख का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द भुषाल, क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा र राष्ट्रिय उपाध्यक्ष कमल भण्डारी, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष, पूर्व राष्ट्रिय महासचिव एवम पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अरुनेश्वर खनाल, नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवम पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेश अधिकारी, पूर्व राष्ट्रिय उपाध्यक्ष एवम पुर्व राष्ट्रिय कानुनि सल्लाहकार सुदीपराज भण्डारी, लगायतले बोलेका थिए ।
भेलामा नेतृत्व विकासबारे रमेशचन्द्र भुषाल, सुदीपराज भण्डारी र गोकुल सापकोटाले सहजीकरण गरेका थिए । पोखरा लेडी जेसीजका कार्यकारिणी उपाध्यक्ष शोभा भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रकाश आचार्यले गरेका थिए । कार्यक्रममा जेसिज आस्थापाठ शौरहा लेडि जेसिजका कार्यकारिणी उपाध्यक्ष सपना पौडेल जेसिआई मिसन भिजन लेखनाथ जेसिजका कार्यकारिणी उपाध्यक्ष नवराज पौडेल र स्वगत मन्तव्य प्रस्तवित भीरकोट जेसिजका कार्यकारिणी उपाध्यक्ष बर्षा पंगेनिले गरेका थिए ।










