गल्कोटमा पहिरोले पुरिएर एक जनाको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, ७ साउन ।
गल्कोट नगरपालिका वडा नम्बर ८ ज्यामिरेमा पहिरोले गोठ पुरिदा एक जनाको मृत्यु भएको छ ।
गएराती देखिको परेको अविरल वर्षासँगै मंगलबार गोठको २० मिटर माथिबाट झरेको पहिरोले गोठभित्र काम गर्दै गरेकी १७ वर्षिय सिता गौतमको पुरिएर ज्यान गएको हो ।
बिहान करिब साढे ५ बजेको समयमा पहिरो पुरेको गौतमको शव १ घण्टा पछि निकालिएको वडासदस्य पूर्ण बहादुर विकले जानकारी दिनुभयो ।
पहिरोले गोठमा रहेका एक भैसी, एक पाडो र २ ओटा बाख्रा समेत पुरिएका छन् । जनप्रतिनिधिहरु र स्थानियहरुले उद्दार गरिरहेका छन् ।
यस्तै गल्कोट नगरपालिका वडा नं ७ र ९ को बीचमा रहेको अम्रिसे खोल्सामा आएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बुर्तिवाङबाट छुटेका सवारी साधनहरु र बुर्तिवाङ जाने सवारीहरु अम्रिसे खोल्सामा रोकिदा यात्रुहरुले सास्ती भोग्नु परेको अवस्थामा छ ।
मध्यपहाडी लोकमार्गको शाखा सडकको रुपमा खनिएका मोटरबाटोबाट पहिरो गएर बेलबेलामा लोकमार्ग अवरुद्ध हुँदै आएको छ । केहि दिन पहिले पनि सोही अम्रिसे खोल्सामा आएको पहिरो २३ घण्टा लोकमार्ग अवरुद्ध भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here