
बागलुङ, ५ साउन ।
लायन्स क्लव अफ बागलुङ कालिगण्डकीको बर्ष २०१९–२०२० को पदस्थापना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष एम.जे.एफ. अनुप रिजालले बर्ष २०१९–२०का अध्यक्ष दल थापालाई पदहस्तातरण गरेका थियो । त्यस्तै २०१८–२०१९का सचिव नारायण आचार्यले बर्ष २०१९–२०२० का सचिव विव्लप शर्मालाई र बर्ष २०१८–२०१९ कोषाध्यक्ष विव्लप शर्माले २०१९–२०२० कोषाध्यक्ष वलराम गौतमलाई पद हस्तातरण गर्नु भएको थियो ।
लायन्स क्लव अफ कालिगण्डकीका बर्ष २०१८–२०१९अध्यक्ष एम.जे.एफ. अनुप रिजालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्ल्व अफ बागलुङका चार्टर प्रेसिडेन्ट पि.आर.ओ. दुर्गा कुवर , लायन्स क्लव अफ बागलुङका अध्यक्ष युक्त प्रसाद सुवेदीले क्लवले १ वर्षको अवधिमा गरेका सामाजिक कार्यको प्रसंसा गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लव अफ बागलुङ कालिगण्डकीका द्धितिय उपाध्यक्ष गणेशदत्त पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वर्ष २०१८–२०१९ का अध्यक्ष रिजालले आफु अध्यक्ष हुदा क्लवले सामाजिक क्षेत्रमा काम गर्न गरेको बताउनुभयो ।
रिजालले बर्षभरी गरेका कामको प्रगति बिवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा सवैको सहयोगबाट उल्लेख्य काम गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा लायन्स क्लव अफ बागलुङ कालिगण्डकीका प्रथम उपाध्यक्ष श्यम प्रसाद शर्माले स्वागत गर्नु भएको कार्यक्रमको संचालन वर्ष २०१८–२०१९ का सचिव नारायण आचार्य र वर्ष २०१९–२०का सचिव विव्लप शर्माले गर्नु भएको थियो ।










