काठेखोला-१ मा बाबुले चलाएको जिपले किच्दा छोराको मृत्यु

बागलुङ, ५ साउन ।
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर १ मनाङडाँडामा शनिबार राती बाबुले चलाएको जिपले किच्दा छोराको मृत्यु भएको छ ।
मनाङडाँडाका सशीलाल थापाले आफ्नो ग १ ज ७१८१ नम्बरको जिपलाई पार्किङ गर्ने क्रममा व्याक गर्दा थापाका ७ बर्षिय छोरा सलिन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
बागलुङ बजारबाट यात्रु लगेर घर पुगेपछि बेलुकाको समयमा जिपलाई पार्किङ गरेर राख्ने क्रममा घटना घटेको प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here