‘हरेक वडाको पहिचानलाई उत्पादनसँग जोड्नुपर्छ’

138

काठेखोला गाउँपालिका साविक जिल्ला सदरमुकाम नजिक रहे पनि अपेक्षित विकासको काम हुन सकेको थिएन् । काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा आफ्नो स्रोत साधन तथा आम्दानीको स्रोत कम भएको गाउँपालिका मानिन्छ तर पनि त्यहाँका जनताको अपेक्षा भने कुनै पनि पालिकको भन्दा कम छैन । कठिनाईका बीचमा गाउँपालिकाको गतिविधि कसरी अघि बढ्दै छ त खबरवे अनलाइनका सहसम्पादक अर्जुन कार्कीले गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत खिम बहादुर विकसँग गरेको कुराकानी ।

  • यहाँलाई निगरानी संवादमा हार्दिक स्वागत छ ?
    – धेरै धन्यवाद अनि काठेखोलाबाट प्रकाशन हुने जननिगरानी साप्ताहिकको दोस्रो बार्षिकोत्सवको अवसरमा पत्रिकाले अझ कुना कुन्दरा अनि आवाज विहीनहरुको आवाज बुलन्द गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्दछु ।
  • कर्मचारी समायोजनको काम सकियो गाउँपालिकाको सेवा प्रवाह र विकास निर्माणमा कति सहज भएको छ ?
    – कर्मचारी समायोजनसँगै ३ वटा वडाहरु अझै पनि वडा सचिव विहीन छन् भने कार्यालयमा पुराना कर्मचारीहरुको समेत हेरफेर भएकोले केहि असहजता सृजना भएको छ, पुरानाहरुको लागि तालिम तथा अनुभवले काममा सहजता थियो । गाउँपालिका केहि हदसम्म प्रविधीमैत्री भएकोले सो सम्बन्धी तालिमको जरुरी देखिन्छ । आशा छ, अवको केहि दिनमा सहजता आउनेछ ।
  • स्थानीय तहमा विकासका कार्यक्रमहरु कसरी संचालन भैरहेका छन् ।
    – आ.व. ०७५/०७६ का स्वीकृत कार्यक्रमहरु तुलनात्मक रुपले सन्तोषजनक रुपमा अघि बढेका छन् र सम्पन्न हुने अवस्थामा छन् । प्राविधिक जनशक्ति न्यून भएकोले सबै योजना सम्पन्न भएपनि मूल्यांकन हुन सकेका छैनन् भने हाल आएर एक जना ईन्जिनियर र १ जना सबईन्जिनियर करारमा लिएका छौं । जसले गर्दा असारको पहिलो हप्तासम्म योजना तथा कार्यक्रम सम्पन्न गर्ने योजना छ । राजश्व बाँडफाँडको योजना हिउँदे अधिवेशनमा थप भएकाले योजना संचालनमा केहि ढिला भएको हो ।
  • धेरै ठाउँमा प्रशासन उपभोक्ता समितिको काम प्रति धेरै सन्तुष्टि देखिदैन तपाईको गाउँपालिकामा के छ ?
    – हामी उपभोक्ता समितिसँग काम गर्दा लगत इस्टिमेट तयार गरी सम्झौता गरेर काम गछौं तर उपभोक्ता समितिका पदाधिकारीहरुले लगत इस्टिमेट अध्ययन नगरी काम गर्दा बेला बखत समस्या आउने गरेको छ । त्यसलाई निराकरण गर्न कम्तीमा पनि लगत इस्टिमेटमा उल्लेख भएका मुख्य कुराहरु अध्ययन गर्ने उपभोक्ता समिति हुन जरुरी छ । सम्झौता बमोजिम काम गर्नका लागि आग्रह गर्दछौं ।
  • विशेष गरी उपभोक्ता समिति प्रतिपक्ष र प्रशासन सत्तापक्ष जस्तो देखिन्छ ? यस्तो अवस्था किन आउँछ ?
    – जुन काम तथा योजना वास्तविक उपभोक्ताबाट माग भएका र लागत सहभागिता एवं जनश्रमदान जुट्ने खालका योजना तथा उपभोक्ताहरुलाई प्रत्यक्ष लाभ पुग्ने योजनामा मात्र उपभोक्ताको चासो र योगदान रहन्छ । तर अहिलेको परिवेशमा बाटो बन्ने र मेसिन लगाउने काममा उपभोक्ता समितिबाट काम हुँदा समितिका २/४ जना बाहेक अन्य जनताको सहभागिता देखिएन् । अबको दिनमा डोजरको मिटर हेर्नलाई मात्र उपभोक्ता समिति जरुरी छैन । काठेखोला गाउँपालिकाले प्रत्येक सडकमा कुल लगत इस्टिमेटको ३५% पूर्वाधार निर्माण ९क्तचगअतगचभ ऋयलकतचगअतष्यल० गर्ने निर्णयसँगै उपभोक्ता समितिमा बस्ने मान्छे पाउन गाह्रो भएको छ तर यसले धेरै राम्रो काम भएको छ । अबको दिनमा भत्काएर मात्र विकास हुने रहेनछ भन्ने पाठ हामी सबैलाई सिकाएको छ ।
  • समय समयमा जनप्रतिनिधि र कर्मचारबीच बेमेल आउने गरेको सुनिन्छ यस्तो अवस्था कि आउँछ ?
    – हाम्रो गाउँपालिकामा त्यस्तो खालको बेमेल भएको मलाई लाग्दैन । कर्मचारी र जनप्रतिनिधीका पृष्ठभूमी र जिम्मेबारी फरक भएकाले कुनै बेमेल हुन जरुरी हुँदैन, सानोतिनो छलफल र वादविवाद भएपनि पद्धतिलाई सुधार गर्ने हिसाबले हुन्छ, अन्य विषयमा हुँदैन ।
  • गाउँपालिलाई मौलीक पहिचान सहितको गाउँपालिका बनाउन तपाईको तर्फबाट के पहल गर्नूभएको छ ।
    – काठेखोला गाउँपालिकाले ८ वटा वडालाई छुट्टाछुट्टै विशेषता सहितको वडाको रुपमा विकास गर्ने कार्यमा अघि बढेको छ, सोहि बमोजिम नीति निर्माण गर्ने, योजना तथा कार्यक्रम तय गर्ने र कार्यान्वयन गर्ने हाम्रो जिम्मेबारी हुन्छ, त्यसमा हामीले सहयोग गरिरहेका छौं । बरु अझै पनि हरेक वडाको पहिचानलाई उत्पादनसँग जोड्नु पर्ने होकि भन्ने लागिरहेको छ ।
  • जनप्रतिनिधिले तत्काल फिल्डमा गर्ने घोषणलाई कार्यान्वयन गर्न कति सहज हुन्छ ?
    – स्वभाविक रुपमा राजनैतिक नेतृत्वले तत्काल राहत, परिवर्तन र नतिजा चाहन्छ भने प्रशासनिक नेतृत्वले विधी, प्रक्रिया एवं त्यसले पार्ने प्रभावलाई आँकलन गर्ने भएकाले यी दुवै कुरालाई मिलाएर जानुपर्ने हुन्छ । हाम्रा योजनाहरु सभाबाट स्वीकृत भएका र कुनै कार्यपालिकाबाट एवं पद्धतिबाटै छनौट भएकाले हाम्रो गाउँपालिकामा त्यस्तो जटिल समस्या छैन ।
  • गाउँपालिकाकोे आन्तरिक स्रोतलाई मजबुद बनाउने कामहरु के हुन सक्छन ?
    – काठेखोला आन्तरिक काय अत्यन्तै न्यून छ । चालु आ.व.मा जम्मा २५ लाख मात्रै अनुमान गरेका छौं । त्यसमा पनि मुख्यत सिफारिश दस्तुर, मालपोत र सम्पत्ती मूल्यांकनबाट प्राप्त रकम हो । यस बाहेक अन्य श्रोत छैन । यदि आन्तरिक आय बृद्धि गर्न सकिएन भने काठेखोलाको अस्तित्व जोगाइराख्न गाह्रो छ । हाम्रो क्षेत्रलाई पर्यटनसँग जोड्न सकियो र यहाँ भएका खानीजन्य पदार्थलाई उत्खनन् गर्न सकेमा र जडिबुटिलाई व्यवस्थित गर्न सकेमा मात्र केहि मात्रामा भए पनि आन्तरिक आय वृद्धि गर्न सकिन्छ ।
  • तपाईको स्थानीय तहले भोग्नु परेका मुख्य समस्या के के हुन ?
    – समयको विकाससँगै हामीले प्रदान गर्ने सेवाहरु पनि परिस्कृत भएका छन् । हाम्रा सेवाहरु धेरै म्ष्नष्तब िभएका छन्, भ(बततभलमबलअभ, ऋऋत्ख्, पञ्जिकरण सेवा अनलाईन, सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग, राजश्व सफ्टवेयरको प्रयोग, कर्मचारीको नियमितता आदि यसका केहि शुरुआत हुन । यसलाई अझै गुणस्तरसँग जोड्न बाँकी नै छ । कर्मचारीहरु राष्ट्रका सेवक हुन भने जनताका सेवा प्रवाहका सहजकर्ता पनि हुन् । हामी कहिल्यै कसरी एक जना सेवा ग्राहीलाई अड्काउने होइन कि सहयोग गर्ने भावका साथ अघि बढ्नु जरुरी छ ।
    हिजो दिनमा सरकारको अंगहरुको नजर कम पर्ने हुनाले जनताले विकास निर्माणका काममा केहि छुट भएको थियो जस्तो लागछ भने आज सरकार नजिक छ र उसको अंग पनि नजिक छ अनि थाहा पाउँदा देख्छ जसले गर्दा केहि उपभोक्तालाई असजिलो भएको महशुस हुन सक्छ । अवको दिनमा काम गर्नैपर्दछ भन्ने मान्यताका साथ अघि बढेमा सवैको सकारात्मक सहयोग र सहजीकरण नै हुन्छ । यसले समग्र काठेखोलालाई प्रगतिको पथमा अघि बढ्न सहयोग गर्दछ । हामीले गर्ने सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनका लागि सरोकारवालाको सुझाव सल्लाहको सधै कदर गर्दछौं ।

२०७६ साउन २ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here