
बागलुङ, २१ कार्तिक । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु भएकाहरूको आत्माको शान्ति र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै बागलुङमा दीप प्रज्वलन गरिएको छ ।
संयुक्त चार युवा क्लब बागलुङको आयोजना र बागलुङ नगरपालिका, हाइकर्स युनाइटेड र इस्कन बागलुङको सहयोगमा सोमबार साँझ भूकम्पमा परी मृत्यु भएकाहरूको आत्माको शान्तिको कामना र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै बागलुङ बजारमा दीप प्रज्वलन गरिएको हो।
दीप प्रज्वलनमा संयुक्त चार युवा क्लब बागलुङका अभिशेक कटुवालले भूकम्पबाट मृत्यु भएकाहरूको आत्माको शान्तिको कामना र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको बताए । उनले यो दुःखको घडीमा एक आपसमा सहयोग गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।