
बागलुङ, ३० असार ।
बागलुङका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तेक्वान्दोमा आइतबार स्वर्ण जितेका छन् ।
गण्डकी प्रदेशबाट सहभागिता जनाएका युकेशले पुरुष ४५ केजीमुनि फाइनलमा गण्डकीका पन्नु लोधलाई पराजित गरे ।
प्रदेश १ का मनोज माझी तथा प्रदेश ५ का सुजवकुमार यादवले कांस्य जिते । महिला ४२ केजीमुनि क्षितिजा गुरुङ पहिलो भइन् ।
फाइनलमा क्षितिजाले प्रदेश ५ की मुस्कान पुनलाई हराइन् । प्रदेश १ की कुसुम लिम्बू तथा गण्डकीकी सोनिया माझी तेश्रो भए ।












Great job भाई