पत्रकारितालाई प्रविधिसँगै अगाडी बढाउनुपर्छ

बागलुङ, २९ असार ।
पत्रकारितालाई प्रविधिसँगै अगाडी बढाउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बागलुङबाट प्रकाशित हुँदै आएको परिसूचन साप्ताहिक पत्रिकाको छैठौं बार्षिकोत्सवको अवसरमा आईतबार आयोजित ‘पत्रकारिता र प्रविधि’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले पत्रकारिता पनि प्रविधि नै भएपनि अहिले विज्ञान र प्रविधिको यूग भएकाले पत्रकारिता पनि प्रविधिसँगै जानुपर्ने बताएका हुन ।
उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले दबाब र प्रभावमा परेर पत्रकारहरुले सत्यलाई नलुकाउन आग्रह गर्नुभएको थियो । उहाँले पत्रिका पनि प्रविधिसँगै अगाडी बढ्नुपर्ने बताउँदै पुराना पत्रिकाहरु दस्तावेदको रुपमा खोज्नुपर्ने भएकाले पत्रिकाको महत्व सधैं रहिरहने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष रामबहादुर जिसी, सल्लाहकार कोपिला कंडेल र प्रेस संगठनका जिल्ला कार्यदल सदस्य उमाकान्त शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यस्तै अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सचिव राम थापा ‘अविरल’, पत्रकार रामकृष्ण बोहोरा, तारानाथ आचार्य र विक्रम सुनारले अहिले प्रत्येक मानिसहरुको हातहातमा मोबाईल फोन पुगेकाले सञ्चार माध्यमलाई सोही ढंगबाट अगाडी बढाउन आवश्यक रहेको बताउनुभएको थियो । उहाँहरुले पत्रिका निकाल्नु मात्र नभई पत्रिकाको समाचारले पार्ने प्रभाव र भाषाशैलीमा पनि पत्रकारहरुले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँहरुले पत्रकारीताको अभ्यास प्रविधिसँगै घुलमिल हुनुपर्ने बताउनुभयो ।
पत्रिकाका कार्यकारी सम्पादक विजय रानाको अध्यक्षता र स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको संचालन सह–सम्पादक डम्मर बुढाले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here