कुँडुलेमा बाँदर धपाउँदा भीरबाट लडेर मृत्यु

बागलुङ, २९ असार ।
बागलुङ नगरपालिका–४ कुँडुलेमा मकै खान आएका बाँदर धपाउदा भिरबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–४ कुँडुलेको फेदीमा आइतबार दिउँसो मकै बारीमा आएका बाँदर धपाउदा चिप्लीएर भिरबाट खस्दा २२ वर्षीय सुदर्शन पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत डिएसपी झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

पौडेल लडेको भिर ।

बारीको नजिकै भिर रहेको र बाँदर लखेट्ने क्रममा चिप्लिएर भीरबाट खसे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानियले प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले भिरबाट ५ सय मिटर तलबाट सुदर्शनको शव फेला पारेको थियो ।
कँुडुले क्षेत्रको फेदी, रमेटार, लामाखेत छापामा बाँदरले विगत लामो समयदेखि हैरानी दिँदै आएको छ । सो क्षेत्रका कृषकहरु बाँदर लखेट्न खेतमै छाप्रो हालेर बस्न बाध्य छन् । बाँदर नियन्त्रण गर्न स्थानीय सरकारसँग माग गरे पछि वेवास्था भएको उनीहरुले बताएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here