
विक्रम सुनार
बागलुङ, २९ असार ।
नेपालकै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको अध्यक्षमा रामप्रसाद शर्मा चयन हुनुभएको छ ।
पुस्काकालयको ७२ औ साधारणसभा तथा ३५ औ अधिबेशनले शर्माको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राम थापा, सचिव रामचन्द्र शर्मा, कोषाध्यक्ष कोपिला कडेल र सहसचिवमा राजन शर्मा चयन हुनु भएको निवर्तमान अध्यक्ष राजेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।
अधिवेशनको उदघाटनपछि बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले समाज परिवर्तनको लागि पुस्तकालयको भुमिका महत्त्वपूर्ण हुने हुदाँ यसलाई सबैले सहयोग गर्न जरुरी रहेको बताउनुभयो । बागलुङ नगरपालिकाले पुस्तकालयको लागि सहयोग गर्न आफु प्रतिवद्ध रहेको मेयर पौडेलको भनाई थियो ।
साधारणसभा शुभकामना मन्तब्य पुस्तकालयका प्रधान संरक्षक ओमकार प्रसाद गौचन, पुुस्तकालयका सल्लाहकार बरिस्ठ अधिबक्ता पध्मनाथ शर्मा,सल्लाहकार शैलेन्द्र कुमार श्रेष्ठ, पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल पत्रकार महासंघका सल्लाहकार कोपीला कडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरूले सामुदायिक पुस्तकालय लाई समाजको अभिन्न अंगको रूपमा अगाडि लैजान सकेमात्र समाज परिवर्तन हुनसक्ने धारणा राखेका थिए ।
२००३ सालमा शिक्षा प्रेमी ओप्रसाद गौचन र मेघ कुमार बैधले स्थापना गरेको सामुदायिक पुस्तकालयले २०६५ साल देखि बालबिकास केन्द्र, २०७२ साल देखि इ–लाइब्रेरी संचालन गर्दै आएको छ ।
कार्यक्रममा प्रगति प्रतिवेदन पुस्तकालयका सचिव राम थापाले आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामचन्द्र शर्माले प्रस्तुत गर्नुभएको थियो ।
पुस्तकालयलाई प्रविधि मैत्रीरूपमा संचालन गर्न १० लाखको अक्षयकोष समेत स्थापना गरेको छ । पुस्तकालयको प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ । पुस्तकालयमा करिब १८ हजार पुस्तकहरू रहेका छन् ।
साधारणसभाको अध्यक्षता बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता सचिव राम थापाको संचालनमा सम्पन्न भएको थियो ।










