दुदिलाभाटीको शिवलाय मन्दिर प्रकरणः पुजारी भनिएका सुवेदी निर्दाेष

बागलुङ, २८ असार ।
गलकोट नगरपालिका–१¬ दुदिलाभाटीबजार स्थित शिवलाय मन्दिरका पुजारी भनिएका बलाराम सुवेदी निर्दोेष देखिएका छन् । सो मन्दिरमा सुनार थरका दुई जना बालकलाई दलित भएकै कारण बर्तबन्ध गर्न नदिएको भनेर उनलाई आरोप लगाइएको थियो । तर, केही दिन अगाडि मात्र दुदिलाभाटीमा भएको एक भेलाले बलाराम सुवेदी निर्दाेष भएको संकेत दिएको छ ।
गत आइतबार स्थानीय १२ बर्षिय जुम्लाहा भाईहरू अर्जुन सुनार र कर्ण बहादुर सुनारलाई बिशेष कारणले सो मन्दिरमा बर्तबन्ध गर्न लगियो थियो । पुजारी भनिएका सुवेदीले दलित भएकै कारणले मन्दिरको ढोका नै नखोलिदिएको पिडित पक्षको भनाइ भएतापनि त्यो सत्य नभएकोदेखिएको छ ।
गोप्य सुचनाको आधारमा दलित अनलाइन, सैघौंली मिडिया, इनेपालखबर लगायतका अनलाइन सञ्चार माध्यमले यस घटनालाई बाहिर ल्याएका थिए । उक्त समाचार प्रकाशन भएपछि गत मंगलबार दुई पक्ष बिच प्रारम्भिक छलफल भएको थियो । सो छलफलका आधारमा सुवेदी निर्दाेष रहेको पाइएको हो । साथै, सुवेदी एक बर्ष पहिले नै उक्त मन्दिरको पुजारीको जिम्मेवारी छोडेका स्थानीय भनाइ छ ।
ति दुई भाईका बाबु तारा सुनारको एक हप्ता अगाडि कुवेतमा मृत्यु भएको थियो । अब केही दिनमा उन शव नेपाल आउँदै छ । छोराहरुको बाबुको क्रिया गर्न बर्तबन्ध गर्नुपर्ने धार्मिक मान्यता छ । सोही मान्यताअनुसार ती दुई भाईलाई हजुरबुबा देव बहादुर सुनार, मन प्रसाद सुनार, गन प्रसाद सुनार, सोम बहादुर सुनार, हिरा खत्री, पदम काउचाले बर्तबन्ध गरिदिन उक्त मन्दिरमा लिएका गएका थिए । तर, त्यो मन्दिरमा बर्तबन्ध नगरेर गाईको दाम्लोमा बाधेर उनीहरुको बर्तबन्ध गरिएको थियो ।
हजुरबुबा देव बहादुरले हामीलाई पहिले भनेका थिए, ‘नातीहरुलाई लिएर मन्दिरमा गएका थियौं । तर, दलित भन्दै मन्दिरको ढोका खोल्दिएनन् ।’ तर, उनी बलराम सुवेदीसँग साँचो माग्ने बेलामा अन्तै गएका रहेछन् । उनले हामीलाई अन्य व्यक्तिले भनेको आधारमा यस्तो सुचना दिएका रहेछन् ।
तर, भेलामा साँचो लिन गएका व्यक्तिहरुले नै बलाराम सुवेदीले दलित भनेर मन्दिर नखोलिदिएको भन्ने हल्ला झुटो भएको दावी गरे । त्यसपछि प्रमाण भनिएका व्यक्तिहरुको भनाईको आधारमा नै सुवेदी निर्दाेष देखिएका हुन् ।
भेलामा सुवेदीले भने, ‘मैले दलित भनेर मन्दिरको ढोका नेखोलेको होइन । मसँग मन्दिरको साँचो पनि छैन । यस्तो अवस्थामा मन्दिरमा बर्तबन्ध गर्न हुदैन भन्दै जैनैसँगै बैकल्पिक उपाय दिएर उनीहरुलाई पठाएको हो ।’ उनका अनुसार मान्छे मरेर जुठो परेको अवस्थामा बर्तबन्ध गर्दाखेरी मन्दिरमा गर्न हुदँैन ।
लगभग ५ बर्ष अघि स्थानीय निल बहादुर खड्काले आफ्नै लगानीमा सो मन्दिर निर्माण गरेर समाजलाई हस्तान्तरण गरेका थिए । दुदिलाभाटीका स्थानीयको सल्लाहमा नै बलाराम सुवेदीलाई सो मन्दिरको पुजारी बनाइएको हो । हाल स्थानीय धन बहादुर खड्काले उक्त मन्दिर साँचो राख्ने गरेको भेलाले पुष्टी गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here