तीज गित ‘घर छाडेर जा’ विमोचन (गितको भिडियो)

संगम घर्तीमगर
बागलुङ, असार २६
लामो समय देखि अमेरिकामा रहँदै आएका कलाकार अमर थापाको तीज गित ‘घर छोडेर जा’ को बिहीबार विमोचन गरिएको छ । बागलुङ काठेखोला गाउँपालिका—१ पाला घर भई अमेरिकामा बस्दै आएका थापाले जन्मघर फर्केको बखत पारेर उक्त गित बजारमा ल्याएका हुन् ।
ह्वाईट नेपाल प्रोडक्सन हाउस मार्फत सार्वजनिक गरिएको उक्त गितमा श्रीमान श्रीमतीबीचको झगडालाई मुख्य विषयवस्तु बनाईएको छ । ‘समाजमा विभीन्न कारणले श्रीमान श्रीमतीबीच उत्पन्न हुने विवादलाई व्यङ्ग्यात्मक र हँसिलो पारामा गितमा प्रस्तुत गर्ने प्रयास गरेका छौं,’ गित विमोचन कार्यक्रममा कलाकार थापाले भने,‘यो गितलाई अमेरिकाको न्यूयोर्क र नेपालका विभीन्न ठाउँमा छायाँङ्कन गरेका छौं । रमाईलो तरिकाले भिडीयो प्रस्तुत गर्ने हाम्रो प्रयास छ ।’
कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, सचिव राम थापा, लेखक दिल निशानी मगरले विदेशको भूमिमा रहेर पनि नेपाल गितसंगित र कलाकारिता प्रतिको लगाव सराहनिय भएको बताए । रामु विरहीको शब्द संगितमा तयार गितमा कलाकार देब शाहनी र मनु वनले आवाज दिएका छन् ।
गितको भिडीयामा विभीन्न स्क्याण्डल मार्फत चर्चामा आईरहने मोडल तिर्सना बुढाथोकीसंगै स्वयं अमर थापा र बिनु कार्कीले अभिनय गरेका छन् । अमर थापा र रामु विरहीले निर्देशन गरेका भिडीयोका छायाङ्कन टेक पुन, सुनिल घर्ती र बसु न्यौपानेले गरेका छन् । गित ह्वाईट नेपाल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here